१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

माओवादीले नगर प्रमुखको कार्यकक्षमा लगाए तालाबन्दी

लेटाङ नगरपालिकाका नगर प्रमुखको कार्यकक्षमा माओवादीले तालाबन्दी गरेको छ।नगर प्रमुख भूपेन्द्र लावतीको कार्यकक्षमा नेकपा माओवादी केन्द्रले तालाबन्दी गरेको हो। नगर प्रमुख लावतीको निर्देशनमा सहिद हरि भट्टराईको सालिक हटाउने कार्य भएको भन्दै त्यसको विरोधमा माओवादीले नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।

आफ्नै कार्यालयमा किन तालाबन्दी गर्दैछन् रौतहटका जनप्रतिनिधि?

आपसी विवाद चर्कदै गएपछि रौतहटका जनप्रतिनिधि नै कार्यालयमा तालाबन्दी गर्न थालेका छन्।

भुक्तानी रोकिएको भन्दै पालिकामा तालाबन्दी

खेलकुदको कार्यक्रममा भएको खर्चको रकम नतिरेको भन्दै दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिकाको शिक्षा शाखामा व्यावसायीहरुले तालाबन्दी गरेका छन्।

तालाबन्दी, हडतालका किंकर्तव्यविमुढ उपकुलपति

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल बिहीबार सकिँदै छ । उनको कार्यकालमा विश्वविद्यालय राजनीतिक दाउपेच, तालाबन्दी र हडतालको अखडा जस्तै बन्यो ।

भूमिकर बढी लिएको विरोधमा तालाबन्दी

मालपोत कार्यालयले इटहरी उपमहानगरपालिका क्षेत्रका जग्गाको भूमि कर तोकिएको मापदण्डभन्दा बढी लिएको बिरोधमा वडा नम्बर २ को कार्यालयमा मंगलबार स्थानीयले तालाबन्दी गरेका छन्।

विद्यार्थी संगठनको चाडपर्वलक्षित ‘चन्दा आतंक’

प्याब्सनका महासचिव आरबी कटुवालले बर्सेनि दसैं नजिकिँदै गर्दा विद्यार्थी संगठनको चन्दा आतंक र विद्यालयमा तालाबन्दीले निजी शिक्षालयले सास्ती खेप्नु परेको बताए।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रिय कार्यालय दुई महिनादेखि बन्द छ। विद्यार्थी सङ्गठनले विभिन्न माग राख्दै केन्द्रीय कार्यालयमा गरेको तालाबन्दी दुई महिना बितिसक्दासमेत खुल्न सकेको छैन।

सुदूरपश्चिम विश्वविद्यालमा एक महिनादेखि तालाबन्दी

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक महिनादेखि तालाबन्दी हुँदा दैनिक कामकाज प्रभावित भएको छ।

करार सेवाबाट हटाएपछि कर्मचारी आन्दोलित

मोरङको बुढीगंगा गाउँपालिकामा तालाबन्दी गरिएको छ। करारको म्याद नथपेको भन्दै करार सेवामा कार्यरत २६ जना कर्मचारीले गाउँपालिकाको मुख्य गेटसहित अध्यक्ष जीननारायण थापा मगर र उपाध्यक्ष अमृताकुमार गच्छदारको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

सुतेकै स्थानमा विद्यार्थीको मृत्यु, होस्टेलमा तालाबन्दी

इटहरीको एक निजी विद्यालयमा सुतेकै स्थानमा एक छात्रको मृत्यु भएको छ। इटहरी वडा नं. ४ मा सञ्चालित सेकेन्डरी माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत १४ वर्षे जेनिस श्रेष्ठको मृत्यु भएको हो।

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन्।

गरुडा नगरपालिकामा तालाबन्दी

गत असार १० मा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले अल्पमत नगर सभा सदस्यको उपस्थितिमा नगर परिषद् गराएको भन्दै नगर उपप्रमुखसहित वडाध्यक्षहरूले नगरपालिकाका कार्यालयमा तालाबन्दी गरी धर्ना जारी राखेका छन्।

अवैधरूपले सञ्चालित म्यानपावरमा तालाबन्दी

वैदेशिक रोजगार विभागले सुनसरीको इटहरीमा सञ्चालित म्यानपावर कम्पनीहरूमा अनुगमन गरेको छ। विभागका निर्देशक कृष्णप्रसाद भुसालको नेतृत्वमा विराटनगरको श्रम तथा रोजगार कार्यालयका केही पदाधिकारीसहितको टोलीले विभिन्न म्यानपावर कम्पनीको शाखा कार्यालयमा छापा मारेर केही कम्पनीमा तालाबन्दी गरेको छ।

चेम्जोङले मेयरको टिकट पाएपछि एमाले कार्यालयको तालाबन्दी खुल्यो

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का असन्तुष्ट नेता–कार्यकर्ताले जिल्ला पार्टी जिल्ला कार्यालयमा गरेको तालाबन्दी खुलेको छ। इलाम नगरको उम्मेदवारमा धीरेन चेम्जोङले टिकट पाएपछि तालाबन्दी खुलेको हो।

जनकपुरधाम उप-महानगरपालिकामा तालाबन्दी

नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गएको र पटक–पटक ध्यानाकर्षण गर्दासमेत सुनुवाई नभएपछि तालाबन्दी र धर्ना दिनुपरेको उनीहरूको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्