१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

जनकपुरधाम उप-महानगरपालिकामा तालाबन्दी

जनकपुरधाम उप–महानगरपालिकाका वडाअध्यक्ष र सदस्यहरू आन्दोलनमा उत्रिएका छन्। 

पटक–पटक आग्रह गर्दा पनि मेयरले नगरको सरसफाइमा चासो नदेखाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले उप महानगरपालिकाको मुल गेट र मेयर लालकिशोर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका छन्।

नगरमा थुप्रिँदै गएको फोहोरले दुर्गन्ध बढ्दै गएको र पटक–पटक ध्यानाकर्षण गर्दासमेत सुनुवाई नभएपछि तालाबन्दी र धर्ना दिनुपरेको उनीहरूको भनाइ छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले पटक पटक आफूहरुले सफाईको लागि आग्रह गर्दा समेत पनि मेयर साहले कुनै चासो नदिएको र कर्मचारी जनप्रतिनिधिहरुसँग अभद्र व्यवहार गर्ने गरेको बताए।

अध्यक्ष सिंहले तालाबन्दी र धर्नापछि पनि नगरपालिकाले समस्या सामधानमा चासो नदिए कडा आन्दोलन गर्ने चेतावनी दिए।

प्रकाशित: ६ मंसिर २०७८ १२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App