१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

करार सेवाबाट हटाएपछि कर्मचारी आन्दोलित

मोरङको बुढीगंगा गाउँपालिकामा तालाबन्दी गरिएको छ। करारको म्याद नथपेको भन्दै करार सेवामा कार्यरत २६ जना कर्मचारीले गाउँपालिकाको मुख्य गेटसहित अध्यक्ष जीननारायण थापा मगर र उपाध्यक्ष अमृताकुमार गच्छदारको कार्यकक्षमा तालाबन्दी गरेका हुन्। 

आन्दोलनरत कर्मचारी विवेक थन्दारले  छ वर्ष अगाडीदेखि कार्यरत कर्मचारीलाई पूर्वाग्रह राखेर हटाइएको बताए।  उनले काम गरिरहेको ठाउँबाट एक्कासि हटाउने निर्णय गरिएपछि आफूहरू तालाबन्दी गरेर आन्दोलनमा उत्रिन बाध्य भएको बताए।गाउँपालिकाको मुख्य गेटमा तालाबन्दी गरेपनि सहायक गेटबाट कर्मचारीलाई भने प्रवेश गर्न दिइएको थान्दारले बताए । 

अध्यक्ष र उपाध्यक्षको कार्यकक्षमा भने बिहान १० बजेदेखि ताला लगाइएको उनले जानकारी दिए। गाउँपालिकामा सेवाग्राही सेवाबाट वञ्चित नहुन् भनेर तीन घण्टा पछि सानो गेट खोलेर पालिकाको काम सुचारु गरे पनि प्रमुख, उपप्रमुखको कार्यकक्ष र मूल गेटमा लगाएको ताला नखोलेको थान्दारले बताए। निकालिएका कर्मचारीलाई पुनर्बहाली  नगरे आन्दोलन जारी राख्ने थान्दारले स्पष्ट पारे। 

प्रकाशित: २३ श्रावण २०८० १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App