१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

भुक्तानी रोकिएको भन्दै पालिकामा तालाबन्दी

खेलकुदको कार्यक्रममा भएको खर्चको रकम नतिरेको भन्दै दैलेखको चामुन्डा बिन्द्रासैनी नगरपालिकाको शिक्षा शाखामा व्यावसायीहरुले तालाबन्दी गरेका छन्। आर्थिक वर्ष २०७९/०८० को राष्ट्रपति रनिङ्ग शिल्ड र नगर प्रमुख कपको खाना तथा अन्य खर्च बापतको रकम भुक्तानी नदिएको भन्दै व्यावसायीहरुले तालाबन्दी गरेका हुन्।

कार्यक्रममा खर्च भएको रकममध्ये भुक्तानी भएको करिब ८ लाख नगर खेलकुदको खातामा असार मै रकम गए पनि विविध समस्या देखाएर रकम भुक्तानी नगरेको उनीहरुको आरोप छ।

खेलकुद आयोजकले पेश गरेको बिल भरपाई अनुसार नै भुक्तानी गर्ने हो भने अँझै १० लाख ४५ हजारभन्दा बढी रकमको भुक्तानी अन्योलमा परेको छ। स्थानीयका अनुसार करिव १७ जनाभन्दा बढी व्यावसायीहरुको नगरपालिकाबाट भुक्तानी हुन बाँकी छ। तालाबन्दीपछि अहिले नगरमा छलफल भईरहेको स्थानीय अगुवा सुरेन्द्र शाहीले बताए।  

प्रकाशित: ११ मंसिर २०८० ०६:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App