१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

बेल नदी कटानले नमुना विद्यालय र लक्ष्मणपुर गाउँ नै जाेखिममा

बेल नदी कटानले कपिलवस्तु जिल्ला बुद्धभूमि नगरपालिका वडा नम्बर लक्ष्मणपुर ६ स्थित जिल्ला कै नमुना विद्यालय सरस्वती आधारभूत विद्यालय बगाउने खतरा बढेको छ।

पहिरोले बस्ती नै जाेखिममा : डेढ सय परिवारले गाउँ छाडे

जिल्लाको उत्तरी गाउँ लापिलाङमा बस्ती माथि र तल दुवै तिरबाट आएको पहिरोले घर तान्न थालेपछि १ सय ५० परिवारले गाउँ छाडेका छन्।

सीमा पार गरेर १ हजार ६२८ जना प्रवेश गरेको सरकारी तथ्यांक

गाउँसहर लकडाउन गरी सीमा सिल गरिए पनि प्रदेश २ मा पारिबाट प्रवेश रोकिएको छैन । लकडाउनपछि लुकिछिपि भैरहेको प्रवेशले जोखिम बढाएको ठहरसहित प्रदेश सरकारले उनीहरुको खोजी तथा पहिचानलाई गति दिन जुटेको छ ।

नर्सलाई डेराबाट निकाल्ने वडा सचिव पक्राउ

कोरोना संक्रमण हुन सक्ने भन्दै नर्सलाई डेराबाट निष्काशन गरेका वडा सचिव पक्राउ परेका छन्। सचिवको घरमा डेरा गरि बस्दै आएकी नर्स सृजना खड्काका कारण कोरोना संक्रमण हुन सक्ने भन्दै खड्कालाई डेराबाट निष्काशन गरेका घोराही उपमहानगरपालिका वडा नम्बर २ का वडा सचिव नारायण आचार्यलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

दुर्घटनाकाे जाेखिममा दुहवी पुल

कोसी राजमार्गअन्तर्गत सुनसरी–मोरङ जोड्ने ६ लेन सडक, त्यसमाथि पनि विराटनगर महानगर आउजाउ गर्ने मुख्य मार्गमा पर्ने दुहवीस्थित बुढी खोला पुल अघिल्लो बर्खाको बेला उच्च खतरामा परेको थियो।

धराप कर्णाली सडक

हवाई सेवा सर्वसाधारण नागरिकको पहुँचबाहिर छ। कर्णालीका हुम्ला, डोल्पा, मुगु र जुम्लामा हवाई सेवा छ। तर सर्वसाधारणमैत्री सेवा नहुँदा ज्यान जोखिममा पारेर भए पनि सडक यात्रा गर्नुको विकल्प छैन।

सडकले निम्ताएकाे जाेखिम

सुर्नया गाउँपालिका–८ मल्लोढोलेमा पहिरो खस्दा गाउँ नै जोखिममा परेको छ। असारमा डोजरले खनेको सडकको कारण पहिरो खस्दा ६ घर विस्थापित भएका छन् भने करिब २५ घर जोखिममा छन्।

ज्यान लिँदै जलाशय

पानी सिँचाइका लागि निर्माण गरिएका पोखरीहरूमा न त तारबार गरेर सुरक्षा उपाय अपनाइएको छ न त खतराका लागि सावधानी अपनाउन अन्य कुनै उपाय खोजिएको छ।

पहिरोले ४ परिवार विस्थापित, दर्जन घर जोखिममा

विकासको नाममा गरिएका अव्यवस्थित सडक निर्माणले वर्षातको सुरुवातसँगै विनाश गर्न थाालेको छ। महाकाली नगरपालिका–९ दत्तुमा सडक निर्माणको कारण खसेको पहिरोबाट चार घरपरिवार विस्थापित भएका भने पुरै बस्ती जोखिममा रहेको छ।

अस्वस्थ प्रतिस्पर्धाले दुर्घटनाकाे जाेखिम

धादिङबेंसीदेखि ग्रामीण यातायातको बस चढेर काठमाडौं पुगेकी नीलकण्ठ नगरपालिका–३ की सुनामाया श्रेष्ठले यात्रा अवधिभर आफूलाई निकै असुरक्षाको महसुस भएको बताइन्। बस चलाउने तरिका र अस्वस्थ प्रतिस्पर्धाका कारण उनले यात्रा असुरक्षित बनेको महसुस गरेकी हुन्। ‘यात्राभरि मुटु नै फुत्केलाजस्तो भइरह्यो,’ उनले भनिन्, ‘यात्रुलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा बोकेका सवारी चालकहरूले यसरी प्रतिस्पर्धा गर्दा दुर्घटनाको जोखिम बढेको छ।’ अस्पतालमा नियमित चेकजाँचका लागि गएकी उनी झनै बिरामी भएको सुनाइन्।

गाउँमा बाढी पस्ने डरले रातभर जाग्राम

गाउँमा बाढी पस्ने डरले रौतहटको बडहर्वास्थित बागमती नदीको किनारमा रहेको गाउँमा स्थानीयबासी रातभर जाग्राम बस्ने गरेका छन्।

काट्न नमिल्ने गणेशको ‘आसन’, बढायो जोखिम (फोटो फिचर)

काठमाडौंको कमलादीस्थित गणेश मन्दिर छेउमा रहेको मसलाको रुखको एउटा हाँगो मंगलबार अपराह्न भाँचिएर सडकमा खस्यो। हाँगो खस्दा मन्दिर परिसरको सडकमा कोही थिएनन, जसका कारण क्षति भएन। तस्बिरमा देखिने यो रुख उपत्यकाका पूराना रुखहरुमध्येको एक हो। रुख पुरानो भई ढल्ने अवस्थामा पुगेपछि यसले जोखिम बढाएको छ।

‘असारे विकास साउनमा विनाश’, पाल्पाका २८ घर पहिराेकाे जाेखिममा

वातावरणीय प्रभाव मूल्याङ्कन नगरि असार अन्तिम साता सडकको ट्रयाक खोलियो। अहिले लगातारको वर्षाका कारण रम्भा गाउँपालिका १, हुँगीका २८ घर जोखिममा परेका छन्।

पहिरोको जाेखिममा खलंगा बजार

अविरल वर्षाका कारण जाजरकोट सदरमुकाम खलंगा बजार प्रवेश गर्ने सडक खण्ड अन्तर्गत खहरे खोलामा  पहिरो जान थालेको छ। लगातार जसो पहिरो जान थालेपछि त्यस क्षेत्रको यातायात अधिकांश समय अवरुद्ध हुने गरेको छ।

लगातारको वर्षापछि सिन्धुलीमा पहिराेकाे जाेखिम बढ्दै

लगातारको वर्षाले जिल्ला सदरमुकामसहित ग्रामीण सडक बिग्रेको छ । सदरमुकाम सिन्धुलीमाढीका भित्री सडकसहित ग्रामीण सडकको कन्तबिजोक भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्