ठूला सवारीसाधनले बिपी राजमार्ग जाेखिममा
सन् १९८६ मा बनेपा–सिन्धुली–बर्दिवास सडकको सम्भाव्यता अध्ययन गर्ने क्रममा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले यस सडकलाई कृषि सडकका रूपमा चित्रण गरेको थियो । त्यसैले पनि सर्वेक्षण र डिजाइनमा संलग्न नेपाली प्राविधिकहरू धुलिखेल–सिन्धुली–बर्दिवास सडकलाई राजमार्ग भन्न रुचाउँदैनन् । किनकि राजमार्गको मापदण्ड यसले पूरा गर्दैन ।