६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

गाउँमा बाढी पस्ने डरले रातभर जाग्राम

रौतहट – गाउँमा बाढी पस्ने डरले रौतहटको बडहर्वास्थित बागमती नदीको किनारमा रहेको गाउँमा स्थानीयबासी रातभर जाग्राम बस्ने गरेका छन्। दुर्गा भगवती गाउँपालिका वडा नम्वर ५ बडहर्वा गाउँ बस्ने तीन सय घरधुरीका बासिन्दा वर्षा याममा बिगत कयौं वर्षदेखि बाँधमै रातिको समय बिताउने गरेका छन्।

पश्चिमबाट पूर्वतर्फ नदीको धार बगिरहेको र स्परमा पानी ठोक्किदा आउने आवाजले गाउँलेको निन्द्रा हराइसकेको स्थानीय भोला साहले बताए। खोलामा बाढी आउदा बाँध भत्काउने पिरले स्थानीयबासी त्रसित बनेका छन्। जिल्ला सदरमुकाम गौरबाट ७ किलोमिटर उत्तर पूर्वमा रहेको उक्त गाउँ विगत २० वर्षअघि बागमती नदीको कटानबाट विस्थापित भई खोला वारी आइ बसोबास गरिरहेका छन्।

जग्गा जमिन भएका तथा गरिब असहाय खोला किनारमै बस्न बाध्य भएको देखिन्छ। अति आवश्यक सामान ल्यानुपर्दा तथा सरकारी कामकाज गराउनुपर्दा डुंगा चढेर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ। बागमती नदीको पूर्वी तटमा रहेको बाँधलाई जोगाउन बनाइएको स्परमा कटान भइरहदा बाँध बगाउने खतरासँगै सिंगो बडहर्वा गाउँले त्रसित भएका छन्।

यता प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, नेपाल प्रहरीका एसपी केदार ढकाल, सशस्त्र प्रहरीका एसपी कृष्ण ढकाल, राष्ट्रिय अनुसन्धानका एसपी अभिनव सिंह सहित संचारकर्मीको टोली उक्त स्थानमा पुगेर अनुगमन गरेको छ। अनुगमन गर्न उनीहरू त्यहाँ पुग्दा स्थानीय दंग परेका छन्। जिल्लाका हाकिमहरू गाउँमा आएर अनुगमन गर्दा नदीको विराल रुपलाई कम गर्न तथा कटान कार्यलाई नियन्त्रण गर्नका लागि ठोस पहल हुनेमा स्थानीयबासी दिनेश वैठा आशावादी देखिएका छन्। 

 

प्रकाशित: १६ भाद्र २०७५ १०:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App