२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कालिकोटमा पहिरोले घर पुर्दा एकै परिवारका छ जनाको मृत्यु

निरन्तरको वर्षाका कारण कालिकोटको महावै गाउँपालिका–३ नकुमा पहिरोले घर पुर्दा छ जनाको मृत्यु भएको छ। घटनास्थलमा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका स्वकीय सचिव खेमबहादुर सिंहका अनुसार बिहीबार राति साढे १२ बजे वडा सदस्य रजबहादुर विष्टको घर पहिरोले पुरेको हो।

पहिरोमा पुरिएर चारजनाको मृत्यु, पाँच घाइते

डोटीको आदर्श गाउँपालिका–१ बाँझककानी, खलगडामा पहिरो जाँदा एकै घरका चारजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

सडक र सिँचाइमा पाँच अर्बभन्दा धेरै क्षति

अविरल वर्षासँगै आएको बाढीपहिरोबाट क्षतिग्रस्त सडक र सिँचाइका आयोजना मर्मत र पुनर्निर्माणमा पाँच अर्बभन्दा धेरै खर्च लाग्ने भएको छ।

बाढीपहिरोले जनजीवन अस्तव्यस्त

बाढीपहिरोले सुदूरपहाडको जनजीवन अस्तव्यस्त बनाएको छ। आइतबाररातिदेखिको अविरल वर्षाका कारण ठाउँठाउँमा गएको पहिरोर नदीहरूमा आएको बाढीले जनजीवन कष्टकर बनाएको हो। बुढीगंगा नदीमा आएको बाढीले बाजुराका बडिमालिका नगरपालिकार गौमुल गाउँपालिकामा ठूूलो क्षति पुु¥याएको छ। घर बग्दा एक महिला बेपत्ता भएकी छन् भने ६३ परिवार विस्थापित भएका छन्।

बाढीपहिरोले सडक र सिँचाइ आयोजनामा पाँच अर्बभन्दा धेरै क्षति

अविरल वर्षासँगै आएको बाढीपहिरोबाट क्षतिग्रस्त सडक र सिँचाईका आयोजना मर्मत र पुनर्निर्माणमा पाँच अर्बभन्दा धेरै खर्च लाग्ने भएको छ। क्षतिग्रस्त भएका सडक र सिँचाइका संरचना पुनर्निर्माण गर्न पाँच अर्बभन्दा धेरै खर्च लाग्ने सम्बद्ध कार्यालयले जनाएका छन् । गत असारदेखि आएको बाढी–पहिरोले सबैभन्दा धेरै सिँचाइ र सडकका आयोजना प्रभावित भएका छन्।

आँखाअगाडि बगर बन्यो धानखेत

धादिङको गजुरी गाउँपालिका–७ किरान्चोकका रामकृष्ण अधिकारीले गत असार अन्तिम साता ४ रोपनी खेतमा धानखेती गरे। धानको बीउ देखि रोपाइसम्म ज्याला लगाएका उनको मेहनत अहिले बगरमा परिणत भएको छ।

कर्णालीमा जोखिम क्षेत्र पहिचान हुन सकेन

यस वर्ष मनसुन सुरु भएता कर्णालीमा ४४ जनाको बाढीपहिरोमा परेर मृत्यु भएको छ। पाँच सयभन्दा बढी परिवार विस्थापित भएका छन्। दर्जनौं बस्ती पहिरोको उच्च जोखिममा छन्। तर प्रदेश सरकारले कर्णालीका बाढीपहिरो प्रभावित क्षेत्रको पहिचान गर्न सकेको छैन। जसले गर्दा अतिप्रभावित क्षेत्रका बासिन्दा बाढीपहिरोको उच्च जोखिममा छन्।

डुबानले खाद्यान्न र धानबाली नष्ट

अघिल्लो साताको बुधबार अविरल वर्षापछि कैलालीको भजनी गाउँपालिकाका बस्तीमा बाढी पसेर २ हजारभन्दा बढी परिवारका घर डुबे। एक साता बित्दा पनि पानीको सतह नघटेर ती घर डुबिरहे। एक्कासि बाढी आउँदा हतारहतार भागेर ज्यान जोगाएका उनीहरूले धान, चामल, गहुँलगायत खाद्यान्न लान भ्याएनन्। भण्डारण गरिएको खाद्यान्न नष्ट भयो। लामो डुबानले खेतको धानमा पनि पूर्ण रूपमा क्षति पुग्यो। पानीको सतह घटिसक्दा पनि भजनीवासी खुसी हुन सकिरहेका छैनन्।

खोल्सीको बाढीसंगै आएको पहिरोले सडक छेउको बस्ती नै सखाप

सदरमुकाम चरिकोट हुँदै उत्तरको सिंगटी बजारबाट तामाकोसी नदीको किनारै किनार लामावगर पुर्‍याईएको सडक किनारामा पर्छ गौरीशंकर गाउँपालिका ८ स्थित खारे गाउँको टुनीटार ।

नेपाली जीवनशैली र बाढी/पहिरो

पीडित परिवारजनको कारुणिक रोदन/क्रन्दनको साक्षी बन्ने परिस्थिति सदाका लागि अन्त्य गरी खुसी साट्ने अवसरमा परिणत गर्न सकिन्छ। यद्यपि त्यस्तो अवस्था सिर्जना गर्न न विगतका सरकारले सके न त दुईतिहाइकै सरकारले त्यसतर्फ अगाडि बढेको देखिन्छ।

नेपाली जीवनशैली र बाढी/पहिरो

पीडित परिवारजनको कारुणिक रोदन÷क्रन्दनको साक्षी बन्ने परिस्थिति सदाका लागि अन्त्य गरी खुसी साट्ने अवसरमा परिणत गर्न सकिन्छ। यद्यपि त्यस्तो अवस्था सिर्जना गर्न न विगतका सरकारले सके न त दुईतिहाइकै सरकारले त्यसतर्फ अगाडि बढेको देखिन्छ।

मानव कमजोरीकै कारण बाढीपहिरोमा ज्यान गुमाउने बढे

म्याग्दीको मालिका गाउँपालिका–७, बिम माल्थानका बिर बहादुर नेपाली दिनभरी ज्यामीको काम गरेर घर फर्किए। ज्याला मजदुरीबाट परिवारको गुजरा चलाउँदै आएका बिरबहादुरलाई गाउँको शिरानमा रहेको झुपडी सबैभन्दा सुरक्षित लाग्थ्यो।

बाढी पहिरोबाट विस्थापितका लागि रोजगारी सहितको पुनर्स्थापना

पछिल्लो दुइ हप्तादेखि देश बाढी पहिरोको विपतमा फसिरहेको छ। विभिन्न ठाउँमा बाढी पहिरोले धनजनको ठूलो क्षति पुर्या एको छ। सिंगो वस्ती बगाएको छ। अझै कयौ बस्तीहरु बाढी–पहिरोको उच्च जोखिममा छन्। यस्तो स्थितीमा हामीले गर्नुपर्ने उद्धार र पूर्नस्थापना हो।

पहिरोको त्रासले छिमेकमा बास

उत्तरगया गाउँपालिका–२ डाँडागाउँस्थित नयाँ बस्तीका गोकर्ण अधिकारीको परिवार त्यस क्षेत्रमा बस्न थालेको १३ वर्ष भयो ।

बाढीपहिरोमा ४४ जनाको मृत्यु

यस वर्षाका कारण अहिलेसम्म करिब तीन करोड ६७ लाख ३९ हजार सात सय रूपैयाँ बराबर धनमाल क्षति भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जनाए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्