२१ आश्विन २०८१ सोमबार
image/svg+xml

बाढी पीडितका पीडा : ओत लाग्ने छानो छैन्, छाक टार्ने अन्न

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–६ का बुँदे सार्कीको परिवार स्थानीय सामुदायिक वनको खुल्ला चौरमा बस्न थालेको एक साता भयो। साउन १४ गतेको बाढी–पहिरोले उनीसहित ४७ परिवारको घरमा क्षति पुर्यायो। ति मध्ये २४ परिवार गाउँ नजिकैको डोप्का सामुदायिक वनको खाली क्षेत्रमा खुल्ला आकासमुनि बसिरहेका छन्।

सधैं पहिरोको त्रासमा सुुदूूरपहाड

बर्खा सुरु भएसँगै सुदूरपहाडी जिल्लामा पहिरोको जोखिम बढ्ने गरेको छ। पहाडी धरातल, सडक निर्माणलगायत मानवीय संरचनाका कारण बर्खायाममा पहिरोले जनधनको क्षति गर्दै आएको छ। बाढीपहिरोका कारण एक महिनाको अवधिमा बझाङ, दार्चुुला, अछाममा मात्रै २३ जनाले ज्यान गुमाएका छन् भने लाखौं रूपैयाँको धनमाल क्षति भएको छ। पहिरोका कारण एकजना बेपत्ता भएका छन् भने करिब १ सय ८० घरपरिवार विस्थापित भएका छन्। सुदूरपहाडी क्षेत्रका अधिकांश जिल्लाका गाउँ नै गाउँ पहिरोको उच्च जोखिममा रहेका छन्।

एक दर्जन घर पहिरोको जोखिममा

बैतडीको सुर्नया गाउँपालिका–८ मा १२ घर पहिरोको जोखिममा परेका छन् । ढोल्यामोडदेखि वडा कार्यालयसम्म निर्माण गरिएको सडककै कारण पहिरो आउँदा दर्जन घरका स्थानीय विस्थापित भएका छन् । गत वर्ष पनि सोही ठाउँमा पहिरो खस्दा ६ घरका स्थानीय विस्थापित भएका थिए ।

सिन्धुपाल्चोक बाढीपहिरोको उच्च जोखिम : तीन सातामा १८ को मृत्यु, २० बेपत्ता

सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रका छुट्टाछुट्टै दुई स्थानमा पहिरोले घर, टहरो पुर्दा सोमबार एकै दिन १० जनाको मृत्यु भयो। मेलम्ची नगरपालिका–११ को मेलम्ची बजारमा माथिबाट खसेको पहिरोले टहरो पुर्दा त्यहाँ सुतिरहेका आठ जनाको ज्यान गयो। एकलाई घाइते अस्पतालमा जीवितै उद्धार गरियो। भारतीय नागरिक उनको राजधानीको ट्रमा सेन्टरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। उनीहरु सबै मजदुर हुन्।

बाढीपहिरोमा परि कर्णालीमा ४३ जनाको मृत्यु

मनसुन सुरु भएयता बाढी पहिरोमा परि कर्णालीमा ४३ जनाले ज्यान गुमाएका छन् । अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परि उनीहरूले ज्यान गुमाएका हुन् ।

सिन्धुपाल्चोक पहिरोमा ज्यान गुमाउने १० जनाकै सनाखत (अपडेट)

सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रका छुट्टाछुट्टै दुई स्थानमा पहिरोले घर, टहरो पुर्दा १० जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार सोमबार बिहानीपख गएको पहिरोले मेलम्ची नगरपालिकामा आठ मजदुर र पाँचपोखरी थाङपालगाउँपालिकामा दुई स्थानीयको मृत्यु भएको हो।

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो: पाँचको मृत्यु, तीन बेपत्ता

सिन्धुपाल्चोकको पश्चिमी क्षेत्र मेलम्चीमा सोमबार पहिरोले टहरो पुर्दा पाँच मजदुरको मृत्यु भएको छ। घटनामा तीन बेपत्ता भएका छन्। एकलाई भने घाइते अबस्थामा उद्धार गरिएको छ।

सुुदूूरपहाडमा सधै पहिरोको त्रास

बर्खा सुरु भएसँगै सुदूरपहाडी जिल्लामा पहिरोको जोखिम बढने गरेको छ । पहाडी धरातल, सडक निर्माणलगायत मानवीय संरचनाको कारण बर्खायाममा पहिरोले जनधनको क्षति गर्दे आएको छ । बाढी र पहिरोका कारण एक महिनाको अवधिमा बझाङ, दार्चुुला, अछाममा मात्रै २३ जनाले ज्यान गुमाएका छन् भने लाखौं रुपैयाँको धनमाल क्षति भएको छ। पहिरोको कारण १ जना बेपत्ता भएका छन् भने करिब १ सय ८० घरपरिवार विस्थापित भएका छन्। पहिरोको उच्च जोखिममा अधिकांश जिल्लाका गाउँ नै रहेका छन् ।

पहिरोले गोरखामा सय भन्दा बढी पोलमा क्षति

लगातारको वर्षापछिको पहिरोले गोरखाको विद्युत लाईनमा जोखिम बढेको छ । आँबुखैरेनी हुँदै गोरखासम्म ल्याइएको ३३ केभि क्षमताको विद्युत लाईनको चार ठाउँमा पहिरोले पोल जोखिममा परेको छ ।

विस्थापित परिवार तीन दिनदेखि सडकमा

नदीमा आएको बाढी बस्तीमा पसेर विस्थापित भएका कैलाली भजनीका दुई हजार परिवार शुक्रबार साँझसम्म घर फर्कन सकेका छैनन्। उनीहरू तीन दिनदेखि हुलाकी सडक किनारमा बसिरहेका छन्।

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ। रुरुक्षेत्र गाउँपालिका ५ अन्र्तगत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो।

पहिरो प्रभावित क्षेत्रमा खानेपानीको हाहाकार

पश्चिम म्याग्दीको बाढीपहिरो प्रभावित क्षेत्रमा विगत २० दिनदेखि खानेपानीको हाहाकार भएको छ । धवलागिरि गाउँपालिका–६, मराङ, मालिका गाउँपालिका– ७ बिम र बेनी नगरपालिका– २ बगरफाँटमा पहिराले खानेपानीको मुहान पुरिदिएपछि खानेपानीको चरम समस्या देखिएको हो ।

पहिरोले इन्द्रावती तेस्रो क्षतिग्रस्त, उत्पादन ठप्प

पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीस्थित निजी क्षेत्रको इन्द्रावती जलविद्युत आयोजना पहिरोले क्षतिग्रस्त भएको छ ।

पहिरोमा परि कालीकोटमा दुईजनाको मृत्यु

छुट्टाछुट्टै पहिरोमा परेर कालीकोटमा शुक्रबार दुईजनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका–१, चडिपानीका ६० वर्षीय घण्टी भण्डारी र पलाँता गाउँपालिका–८, दाम्रीका २४ वर्षीय कमल रोकायको मृत्यु भएको हो ।

पहिरोको पीडा

दैलेखको दुल्लु नगरपालिका–५ पोखराकी रीता धमाला पोखरेलले दुल्लु अस्पतालमा साउन १३ गते छोरालाई जन्म दिइन्। सुत्केरी हुँदा रक्तश्राव नरोकिएन्। थप उपचारका लागि रीतालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउनुपर्ने भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्