१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
जनार्दन घिमिरे


जनार्दन घिमिरेका लेखहरु :

गुल्मीको धुर्कोटमा नमुना मतदानमा १३ प्रतिशत मत बदर

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा संचालन गरिएको नमुना मतदानमा १३ प्रतिशत मत बदर भएको छ।

गुल्मीमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु

गुल्मीमा पहिरोमा परेर एकै परिवारका चार जनाको मृत्यु भएको छ। रुरुक्षेत्र गाउँपालिका ५ अन्र्तगत टाहाटिम नजिकै आँटीपाटामा शुक्रबार राति स्थानीय राजु माझीको घर पहिरोले पुरिएको हो।

गुल्मीमा एक व्यक्ति मृत अवस्थामा भेटिए

गुल्मीमा बिहीबार एक पुरुष मृत अवस्थामा भेटिएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका ६ का वर्ष ३५ का लक्ष्मण घर्र्ति बिहीबार बिहान धुर्कोट गाउँपालिका ६ अन्र्तगत बरबोटबाट भीरकोट जाने गोरेटोबाट ६० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले बताएका छन् ।

सामी परियोजनामा राजनीतिक विवाद, परियोजना अलपत्र

गुल्मीमा सुरक्षित आप्रवसान (सामी) परियोजना राजनीतिक खिचातानीका कारण विवादमा परेको छ । गतवर्षदेखि सुरु हुनुपर्ने परियोजना विवादकै कारण १ वर्षसम्म सुरु हुन सकेको छैन ।

गुल्मीमा पहिरोः दुई जनाको मृत्यु, एक वेपत्ता

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीमा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना वेपत्ता बनेका छन्। बिहिवार मध्य रातमा आएको पहिरोमा परी ईस्मा गाउँपालिका १ मल्दीका बषन्त सारुका १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंङ खड्काले बताएका छन्।

गुल्मीमा कोरोना संक्रमितको संख्या १ सय ६ पुग्यो

गुल्मीमा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा बिहीबार एकै दिन थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अलपत्र परेका मजदुरहरुको सारथी बन्दै गुल्मीमा स्थानीय पालिका

लकडाउनका कारण सवारी साधनको अभावमा पैदल यात्रागरि गुल्मी आइपुगेका मजदुरहरुलाई गुल्मीका स्थानीय पालीकाहरुले उद्वार गरेका छन् । विभिन्न जिल्लाहरुबाट चार दिनसम्मको यात्रा गरि जिल्ला आइपुगेका ५३ जना मजदुरहरुलाई गुल्मीका स्थानीय तहहरुले सहयोग गरेका हुन् । पछिल्लो समयमा स्थानीय प्रशासनले बिरामी परेका र अत्यावश्यक काम बाहेक अन्य व्यक्तिहरुका लागि सवारी पास उपलब्ध गराउन छाडेपछि उनीहरु हिडेरै गन्तव्यमा पुग्ने सोंच बनाएका हुन् ।

गुल्मीका स्थानीय तहमा बढ्दै सजगता

जिल्लामा कोरोना भाइरसबाट उत्पन्न हुनसक्ने संक्रमण तथा त्यसको नियन्त्रण र रोगथामका लागि स्थानीय तहहरुमा थप सतर्कता अपनाउन सुरु गरिएको छ। पालिकाका स्थानीयवासीहरुले पनि स्थानीय सरकारको अभियानलाई सहयोग पुर्याउदै गाउँगाउँ र टोलटोलमा मानिसहरुको आवागमनमा समेत निगरानी गर्न थालेका छन्।

गुल्मीका  ५ जनाको स्वाब परीक्षण गर्न भैरहवा पठाईयो

कोरोना संक्रमणको आशंकामा गुल्मी जिल्लाका पाँच  जना को स्वाब परीक्षण गरिने भएको छ। जिल्लाको रेसुंगा नगरपालिका, मुसिकोट नगरपालिका र सत्यवती गाउँपालिकामा क्वारेन्टाईमा रहेका पाँच जनाको स्वाब संकलन गरेर परीक्षणका लागि मंगलवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाईएको हो।

लकडाउनको उल्लंघन गर्नेलाई भाटे कारबाही गरिने

गुल्मीमा लकडाउनको उल्लंघन गर्ने व्यक्तिहरुलाई भाटे कारबाही गरिने भएको छ। कोरोना भाइरसको उच्च जोखिमलाई मध्यनजर गर्दै लगडाउनको उल्लंघन गर्दै मानिसहरु अनावश्यक रुपमा घरबाहिर निस्कने, भेला हुने र हिँडडुल गर्न थालेपछि धुर्कोट गाउँपालिकाले गाउँमा लठ्ठी लिएर गस्ती गर्न सुरु गरेको छ।

गुल्मीमा निषेधाज्ञाको घोषणा

जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामा निषेधाज्ञाको घोषणा गरेको छ। कार्यालयले मंगलबार विहान ६ बजेदेखि लागू हुनेगरि चैत १८ गते विहान ६ बजेसम्मका लागि निषेधाज्ञाको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिएका छन्। प्रशासनले सूचना जारी गरि निषेधाज्ञाको समयमा कोही पनि मानिसलाई घर बाहिर ननिस्कनका लागि आग्रह गरिएको छ।

चिसोले खायो कफी, किसान मर्कामा

माघ पहिलो सातादेखि परेको झरी र तुसारोका कारण गुल्मीका कफी बगैंचा र नर्सरीमा अधिकांश कफीका बोट र बिरुवा नष्ट भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्