२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

अलपत्र परेका मजदुरहरुको सारथी बन्दै गुल्मीमा स्थानीय पालिका

लकडाउनका कारण चार दिनको पैदल यात्रा गरि सदरमुकाम तम्घास आईपुगेका मजदुरहरुलाई रेसुंगा नगरपालिकाको सहयोगमा उद्धार गरि सवारी साधनमार्फत घर पठाइदै । तस्बिर : जनार्दन/नागरिक

गुल्मी- लकडाउनका कारण सवारी साधनको अभावमा पैदल यात्रागरि गुल्मी आइपुगेका मजदुरहरुलाई गुल्मीका स्थानीय पालीकाहरुले उद्वार गरेका छन् । विभिन्न जिल्लाहरुबाट चार दिनसम्मको यात्रा गरि जिल्ला आइपुगेका ५३ जना मजदुरहरुलाई गुल्मीका स्थानीय तहहरुले सहयोग गरेका हुन् । पछिल्लो समयमा स्थानीय प्रशासनले बिरामी परेका र अत्यावश्यक काम बाहेक अन्य व्यक्तिहरुका लागि सवारी पास उपलब्ध गराउन छाडेपछि उनीहरु हिडेरै गन्तव्यमा पुग्ने सोंच बनाएका हुन् ।

गुल्मीमा शनिबारसम्म जिल्ला भित्रिएका ५३ जना मजदुरहरुलाई स्थानीय पालिकाहरुले खान बस्नको व्यवस्था गरि सवारी साधन खोजेर पठाएका छन् । बाँके कोहलपुर नगरपालिका घरभई बाग्लुुङ्गमा खानेपानी र पुलको काम गर्दै आएका २४ जना मजदुरहरुलाई रेसुंगा नगरपालिकाले शनिबार उद्धार गरि घर पठाएको छ । उनीहरु चार दिनको पैदल यात्रा गरि सदरमुकाम तम्घास आइपुगेका थिए । रेसुंगा नगरपालिकाले उनीहरुलाई  खानेबस्ने व्यवस्थासहित एक दिन तम्घासस्थित महेन्द्र माविको क्वारेन्टाइनमा राखेर शनिबार जीप मार्फत प्यूठानसम्म पुर्‍याएको रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसालले बताए ।

मुसिकोट नगरपालिकाले पनि पर्वतको कुस्माबाट पैदल हिडेर प्यूठान जाँदै गरेका ११ जना मजदुरहरुलाई उद्धार गरि जीप मार्फत प्यूठान पुर्‍याएको नगर प्रमुख सोमनाथ सापकोटाले बताए । धुर्कोट गाउँपालिकाले पनि पर्वतबाट गुल्मी हुँदै प्यूठान जाँदै गरेका १६ जना मजदुरहरुलाई उद्धार गरि शनिबार प्यूठान पठाएको छ । पर्वतमा खानेपानी आयोजनामा काम गर्दै आएका उनीहरुलाई लकडाउनका कारण काम गर्ने वातावरण नभएपछि  पैदल हिंडेर घर फर्कन लागेको अवस्थामा गाउँपालिकाले उद्धारगरि प्यूठन पठाईएको अध्यक्ष भुपाल पोख्रेलले बताए ।

पोखरामा मजदुरी गर्दै आएका प्यूठान गौमुखि गाउँपालीकाका ६ जना मजदुरहरुलाई पनि छत्रकोट गाउँपालिकाले सवारी साधन खोजेर सम्बधित स्थानमा पुरयाएको छ । बाग्लुङ्गको गल्कोट नगरपालिका अन्र्तगत दरमखोलामा पुलको कामगर्दै आएका सल्यानका १० जना मजदुरहरुलाई शनिबार मालीका गाउँपालिकाले जीप मार्फत सल्यान पठाएको प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले बताए ।

सुर्खेतबाट पैदलयात्रा गर्दै बाग्लुङ्गको ढोरपाटन नगरपालिका जाँदै गरेका नौं जना मजदुरहरुलाई रुरुक्षेत्र गाउँपालिकाबाट उद्धार गरि बुर्तिवाङ्ग पठाइको छ । गुल्मीका स्थीयहहरुले आफूहरुलाई गरेको सहयोग प्रति खुसी व्यक्त गर्दै आफूहरुले गुल्मी आईसकेपछि बल्ल सरकार भेटेको अनुभूति भएको बताएका थिए ।

 

प्रकाशित: ७ वैशाख २०७७ ०९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App