२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

गुल्मीमा निषेधाज्ञाको घोषणा

गुल्मी- जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लामा निषेधाज्ञाको घोषणा गरेको छ। कार्यालयले मंगलबार विहान ६ बजेदेखि लागू हुनेगरि चैत १८ गते विहान ६ बजेसम्मका लागि निषेधाज्ञाको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिएका छन्। प्रशासनले सूचना जारी गरि निषेधाज्ञाको समयमा कोही पनि मानिसलाई घर बाहिर ननिस्कनका लागि आग्रह गरिएको छ।

जिल्लामा कोरोना भाइरसको संभावित जोखिम तथा नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन सोमबार राति १२ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको थियो। तर उक्त निर्णयलाई मानिसहरुले गम्भीरता पूर्वक नलिएपछि प्रशासनले मंगलबार विहान नौं बजेदेखि पुनः निषेधाज्ञा गर्ने निर्णय गरेको हो। निषेधाज्ञा जारि भएपछि सदरमुकाम तम्घासमा मानिसहरुको आवागमन ठप्प बनेको छ।  

प्रशासनले अत्यावश्यक सेवाहरु एम्बुलेन्स, अस्पताल स्वास्थ्य संस्था, औषधि पसलहरु र पेट्रोल पम्प भने २४ सै घण्टा खुला रहने जनाएको छ। सञ्चारकर्मीहरुले भने सूचना विभागबाट जारी गरेको प्रेस पासको आधारमा मात्र समाचार संकलनका लागि आवतजावत गर्न पाउने व्यवस्था गरेको छ।

प्रकाशित: ११ चैत्र २०७६ ०६:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App