२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

गुल्मीमा पहिरोः दुई जनाको मृत्यु, एक वेपत्ता

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण गुल्मीमा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना वेपत्ता बनेका छन्। बिहिवार मध्य रातमा आएको पहिरोमा परी ईस्मा गाउँपालिका १ मल्दीका बषन्त सारुका १८ महिनाका छोरा सुरज सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक राजेन्द्रसिंङ खड्काले बताएका छन्।

त्यसै गरी पहिरोमा परी ईस्मा गाउँपालिका १ अन्र्तगत निस्ती ढाँडफाँटकी ७ वर्षकी बालिका अपिच्छा खत्रीको पनि मृत्यु भएको स्थानीय व्यवसायी रिषीराम अर्यालले जानकारी दिएका छन्। पहिरोमा परेर घाइते बनेकी बालिकाकी आमा ईश्वरी खत्रीलाई स्थानीयहरुद्वारा शुक्रबार विहान ६ घण्टापछि जीवितै उद्धार गरिएको थियो।  

जिल्लाको ईस्मा गाउँपालिका १ अन्र्तगत निस्तीको ढाँडफाँटमा बिहिवार मध्य रातमा बस्ती माथिवाट पहिरो खसेको थियो। पहिरो खसेपछि आमासँगै भाग्ने क्रममा वेपत्ता बनेकी बालिकाको शव शुक्रवार बिहान खोला किनारमा मृत अवस्थामा फेला परेको हो।  

पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थाई होटल समेत बगाएको छ। बाढीले होटल बगाउँदा होटलमा बास बसेका मुसिकोट नगरपालीका २ का भागिरथ घिमिरे सम्पर्कविहिन बनेका छन्। पहिरोमा परी मृतक बालिकाका हजुरबुवा  वर्ष ६३ का टिका बहादुर खत्री र मृतक बालकका आमा बुवा समेत गंभिर घाइते बनेका  छन्।  

बिहिवार राति १२ वजेको समयमा बस्तीदेखि पाँच सय मिटर माथिबाट पहिरो खसेको थियो। पहिरो खसेपछि त्यस क्षेत्रका एकदर्जन भन्दा बढी घरपरिवार विस्थापित बनेको बताइएको छ। पानी परिरहेको कारण अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन। पहिरोले सडक अवरुद्ध बनेका कारण घाइतेहरुको उद्धारमा समस्या परेको स्थानीयहरुले बताएका छन्। घटनाको जानकारी पाएपछि शुक्रबार बिहानै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रीसहित घटना स्थलतर्फ जाँदै गरेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए।

प्रकाशित: १९ असार २०७७ ०५:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App