२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

गुल्मीमा एक व्यक्ति मृत अवस्थामा भेटिए

गुल्मीमा बिहीबार एक पुरुष मृत अवस्थामा भेटिएका छन् । जिल्लाको धुर्कोट गाउँपालिका ६ का वर्ष ३५ का लक्ष्मण घर्र्ति बिहीबार बिहान धुर्कोट गाउँपालिका ६ अन्र्तगत बरबोटबाट भीरकोट जाने गोरेटोबाट ६० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले बताएका छन् ।

घर्ति उनी साउन १२ गतेदेखि सम्पर्कविहीन बनेपछि परिवार र स्थानीयहरुले उनको खोजीकार्य गरिरहेको थियो । मृतक घर्तिलाई पोष्टमार्टमको लागि सदरमुकाम तम्घास ल्याई पुर्‍याइएको छ । उनको भीरबाट लडेर ज्यान गएको हुन सक्ने धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली बिहीबार नै घटनास्थल पुगेर सदरमुकाम तम्घास फर्किसकेको छ । घटनाको बारेमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: १५ श्रावण २०७७ ०८:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App