२४ वैशाख २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

गुल्मीमा कोरोना संक्रमितको संख्या १ सय ६ पुग्यो

गुल्मीमा १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा  बिहीबार एकै दिन थप ४६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।  

जिल्लामा संक्रमण पुष्टि हुनेहरुमा छत्रकोट गाउँपालिकामा २४, चन्द्रकोट गाउँपालिकामा १७, गुल्मीदरबार गाउँपालिकामा २, रेसुंगा नगरपालिकामा २, सत्यवति गाउँपालिकामा १ र रुरुक्षेत्र गाउँपालिकामा १ गरी ४६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकरी पशुपति आचार्यले जानकारी दिएका छन् ।  

संक्रमित हुने सबै जना भारतबाट फर्केर क्वारेन्टिनमा बसेका व्यक्तिहरु रहेका छन् ।  

संक्रमितमध्ये  चार जना  कोरोनालाई जितेर घर फर्कि सकेका छन् । कोरोना जितेर घर फर्किनेहरुमा धुर्कोट गाउँपालिकाका एक, मदानेका एक, चन्द्रकोटका एक र रेसुंगा नगरपालिकाका एक जना छन् ।  

कोरोना संक्रमणका कारण गुल्मीमा दुई पुरुषको मृत्यु भइसकेको छ भने बिहीबार होम क्वारेन्टिनमा मृत्यु भएका गुल्मी छत्रकोटका ६९ वर्षीय एक पुरुषको स्वाब परीक्षणका लागि  प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको छ ।

प्रकाशित: ५ असार २०७७ ०५:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App