१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पहिरोले इन्द्रावती तेस्रो क्षतिग्रस्त, उत्पादन ठप्प

पाँचपोखरी थाङपाल गाउँपालिका–८ तिपेनीस्थित निजी क्षेत्रको इन्द्रावती जलविद्युत आयोजना पहिरोले क्षतिग्रस्त भएको छ । साढे सात मेगावाट क्षमताको आयोजनाको उत्पादन रोकिएका छ । अबिरल वर्षासँगै शुक्रबार बिहान निम्तिएको पहिरोले आयोजना क्षतिग्रस्त भएको छ । पहिरोले करोडौँ रुपैयाँको क्षति पुर्‍याएको आयोजनाको प्रवद्र्धक नेशनल हाइड्रो पावर कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । उनका अनुसार पहिरोले बाँध र सुरुङमा धेरै क्षति पुर्‍याएको छ । ‘आयोजनाको उत्पादन ठप्प भएको छ,’ उनले भने ।

झण्डै सय मिटर माथिबाट आएको पहिरोले बाँधमा पानी खसाल्ने सुरुङको मुख क्षतिग्रस्त बनाएको छ । बाँधमा पहिरोले ल्याएको ढुंगामाटो थुप्रिएको छ । बाँधमा रहेको बालुवा थ्रिगने उपकरण अधिकांश क्षतिग्रस्त भएको छ । आयोजनाले गत वर्ष मात्रै दुई करोड रुपैयाँभन्दा बढीको लगानीमा उक्त उपकरण जडान गरेको थियो । बाँधमा बालुवा थिगार्ने (वास गर्ने) उपकरण जडान भएको यो मुलुककै पहिलो आयोजना हो ।

थप पहिरो ननिम्तिए मर्मत गरेर आयोजना सञ्चालनमा ल्याउँन झण्डै एक महिना समय लाग्ने कम्पनीका अध्यक्ष पाण्डेले जानकारी दिए । नेशनल हाइड्रोले २०५९ असोजबाट आयोजना सञ्चालनमा ल्याएको थियो । भूकम्पलेसमेत क्षति पुर्‍याएको यो आयोजना मर्मतपछि सञ्चालनमा आएको थियो ।

प्रकाशित: १६ श्रावण २०७७ १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App