२१ असार २०८१ शुक्रबार
image/svg+xml

जनताको जीवन रक्षाको लागि निषेधाज्ञा कडा परियो: प्रधानमन्त्री

‘आकंकित हैन, सतर्कता हुने हो,’ प्रधानमन्त्रीले भने, ‘केही समयको लागि जनताको जीवन रक्षाको लागि यस्तो निर्णय लिनु आवश्यक थियो ।’

आज बिहानैदेखि उपत्यकाको निषेधाज्ञामा थप कडाइ (फोटोफिचर)

उपत्यकामा वैशाख १६ देखि पुन निषेधाज्ञा थपिएको छ। प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले जारी निषेधाज्ञालाई थप कडा पारेर जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेको थियो।

उपत्यकाको निषेधाज्ञा थप कडा: के-के मा लगाइयो रोक ?

कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि भन्दै काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो । उपत्यकामा वैशाख १६ गतेदेखि उक्त आदेश जारी गरी अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको थियो ।

रौतहटमा एक साता निषेधाज्ञा थप

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना संक्रमणको क्रमलाई कम गर्न एक हप्ताको लागि पुनः निषेधाज्ञा विस्तार गरिएको जानकारी गराए।

निषेधाज्ञाले खेतमै कुहिन थाल्यो तरकारी

‘हामीले लगाएको काउली बिक्री नभएर खेतमै कुहिने अवस्था आएको छ’, सुनकोसी गाउँपालिका ७ का किसान नवीन कार्कीले नागरिकसँग भने, ‘दैनिक चारसय केजीमाथि काउली तयार भएको छ तर बिक्री गर्ने ठाँउ छैन।’

रसुवामा थप एक साता निषेधाज्ञा

रसुवामा थप एक साता निषेधाज्ञा जारी हुने भएको छ। जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो।

'निषेधाज्ञामा चामल सकियाे ? हामीलाई फोन गर्नुस्'

उक्त निर्णयबाट बजारमा खाद्य सामग्री अभाव हुने चिन्ता बढेको बेला नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने खाद्य सामग्री अभाव नहुने जनाउँदै किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द भए पनि नआँतिन आग्रह गरेको छ।

निषेधाज्ञामा भएको कडाइले दिएको सन्देश

प्रतिनिधिसभा विघटनको मुद्दा यसपालि अदालतले छिटो फैसला गर्ने अनुमान लगाइएको छ। संसद् विघटन सदर भए आन्दोलन हुनसक्ने सम्भावनालाई सरकारले सतर्कताका साथ हेरिरहेको स्रोत बताउँछ। ‘म यसो गर्छु, मैले यो गरें भने आन्दोलन हुनसक्छ, त्यसैले यो समयसम्म कोरोनाको रोकथाम गर्दिनँ र आन्दोलन रोक्न कोरोनाको नाममा सडकमा आवागमनमा कडाइ गर्न पाइन्छ’ भन्ने सोंचमा प्रधानमन्त्री रहेको ती नेताले बताए।

बीपी राजमार्गको पहिलोपटक स्तरोन्नतिः टल्कियो सडक

बीपी राजमार्ग सिन्धुली खुर्कोट सडक खण्डलाई पहिलोपटक स्तरोन्नति गरिएको छ। जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको ६ वर्षपछि पहिलोपटक बिपी राजमार्गलाई स्तरोन्नति गरिएपछि सिन्धुली खुर्कोट सडक खण्ड टल्किएको छ।

जेठ २० गतेसम्म निषेधाज्ञा थप, किराना र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने

मंगलबार काठमाडौंँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरिएको भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

रौतहटको वनमा बढ्यो तस्करी र चोरी सिकारी

जिल्लाको वनमा काठ तस्करी र चोरी शिकारी व्यापक मात्रामा बढेको गुनासो सबैतिरबाट आएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले गत वैशाख २१ देखि सुरु गरेको निषेधाज्ञा जेठ १३ सम्म पुर्याएको छ।

निषेधाज्ञामा साना व्यवसाय बन्द, ठूला खुला

एलएनचौक दायाँबायाँमा रहेका शाखा सडक किनारमा खोलिएका साना पसललाई प्रहरीले बन्द गराउँदै आए पनि सोही ठाउँमा रहेको चौलानी डिपार्टमेन्टल स्टोरमा भने प्रहरीले आँखा चिम्लने गरेको छ।

निषेधाज्ञाः सानालाई ऐन, ठूलालाई चैन

व्यापक रुपमा फैलिरहेको नयाँ भेरियन्टसहितकाे काेराेना संक्रमण रोकथाम र नियन्त्रण गर्न कैलाली जिल्ला प्रशासनको निषेधाज्ञा जारी छ। कडा प्रावधानसहित लागुगरिएकोनिषेधाज्ञाका कारण अहिले धनगढी बजार पूर्णरुपमा ठप्प छ। मुख्य बजारबाहेक गाउँ टोलका साना छाप्रा तथा खोकामा दैनिक उपभोग्य सामान राखेर बेच्नेहरूलाई प्रहरीले देख्ने वित्तिकै लठ्ठी लगाउँछ।

ताप्लेजुङमा जेठ १७ सम्म थपियो निषेधाज्ञा

प्रतिरोध निषेधाज्ञाको अवधि चौथो पटक थपिएर आउँदो १७ जेठको मध्यरातीसम्मलाई बढेको छ। जिल्ला प्रशासन कार्यालयले आइतवार १६ जेठको मध्यरात १२ः०० बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो।

'ट्याक्सी नगुड्दा जीवन रोकिन्छ'

निषेधाज्ञाले सडक सुनसान छ । कलंकी चोकको नजिकै रहेको कालिका पेट्रोलपम्प अगाडि बोहोरा अङ्कल ट्याक्सी रोकेर सुस्ताउँदै छन् । तर मलिन अनुहारमा उनलाई देख्दा उनी निकै थाकेका जस्तो भान हुन्छ । यहि फुर्सदमा उनले आफ्नो कथा सुनाए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्