२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

रौतहटमा एक साता निषेधाज्ञा थप

रौतहटमा एक साता निषेधाज्ञा थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरेर जिल्लामा जारी निषेधाज्ञा एक हप्ताको लागि थप गरिएको जनाएको हो।

रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कोरोना संक्रमणको क्रमलाई कम गर्न एक हप्ताको लागि पुनः निषेधाज्ञा विस्तार गरिएको जानकारी गराए।  

करिब एक महिनादेखि जारी निषेधाज्ञाले जिल्लामा कोरोना संक्रमणको दर क्रमशः कम हुँदै गएको छ। निषेधाज्ञामा अति आवश्यक सेवा बाहेकका सबै पसल र साधनलाई बन्द गरिएको छ।  

निषेधाज्ञाको समयमा जिल्लाको शान्ति सुरक्षालाई विशेष ध्यान दिइएको रौतहटका प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहले बताए।

सडकमा ट्राफिक व्यवस्थापनमा खासै ध्यान दिन नपरेकोले सुरक्षाको अन्य क्षेत्रमा प्रहरीले निकै गस्ती बढाएको प्रहरी प्रमुख एसपी शाहको भनाइ छ। 

प्रकाशित: १३ जेष्ठ २०७८ ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App