२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

जेठ २० गतेसम्म निषेधाज्ञा थप, किराना र डिपार्टमेन्टल स्टोर खोल्न नपाइने

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा अवधि थप एक हप्ता थप भएको छ। कोरोना भाइरसको नयाँ भेरियन्टको डरलाग्दो संक्रमणको शृङ्खला तोड्नका लागि जारी निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको हो।

मंगलबार काठमाडौंँ उपत्यकाका  तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरिएको भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा जेठको २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेको बताउँदै उनले कोभिड–१९ संक्रमण दर नघटेकाले निषेधाज्ञा थपिएको भट्टराईले बताए।  

उपत्यकामा गत वैशाख ६ गतेदेखि निषेधाज्ञा सुरु भएको थियो। उनले कोरोना संक्रमण दर घटाउनका लागि प्रजिअहरुको बैठकले उक्त निर्णय गरिएको बताउँदै निर्णय कार्यान्वयनलाई अझ प्रभावकारी बनाउने बताए।

थपिएको निषेधाज्ञालाई अझ कडाइ गरिने उनको भनाइ छ। उनले त्यो बीचमा औषधि, दुध, तरकारी र खाद्यान्नपसल बाहेक अन्य पसल खोल्न नपाइने बताए।

‘किराना र डिपार्टमेन्ट स्टोर बन्द गर्नुपर्छ, खोले कारबाही हुन्छ, अरु पसल ९ बजेसम्म मात्र खोल्न पाइने निर्णय भएको छ।’ उनले भने।

प्रकाशित: ११ जेष्ठ २०७८ ११:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App