२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

ताप्लेजुङमा जेठ १७ सम्म थपियो निषेधाज्ञा

प्रतिरोध निषेधाज्ञाको अवधि चौथो पटक थपिएर आउँदो १७ जेठको मध्यरातीसम्मलाई बढेको छ। जिल्ला प्रशासन कार्यालयले आइतवार १६ जेठको मध्यरात १२ः०० बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो। 

तेस्रो पटक गत ३ जेठमा थप भएको निषेधाज्ञा जेठ १० गतेको मध्यराती सकिँदै छ। प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा जेठ १७ गतेको मध्यरातीसम्म निषेधाज्ञा बढेको जानकारी गराएका थिए।  

आइतबार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले निषेधाज्ञाको अवधिमा खाद्यान्न, तरकारीसहितका अत्यावश्यक दैनिक उपभोग्य बस्तुको खरिद बिक्रीका लागि प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्मको अवधि निर्धारण गरेको छ। सो अवधिमा उपभोक्ता तथा बिक्रेताले स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर खरिद बिक्री गर्न पाउने प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए।

प्रकाशित: १० जेष्ठ २०७८ ०९:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App