२४ असार २०८१ सोमबार
image/svg+xml
समाज

बीपी राजमार्गको पहिलोपटक स्तरोन्नतिः टल्कियो सडक

बीपी राजमार्ग सिन्धुली खुर्कोट सडक खण्डलाई पहिलोपटक स्तरोन्नति गरिएको छ। जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको ६वर्षपछि पहिलोपटक बिपी राजमार्गलाई स्तरोन्नति गरिएपछि सिन्धुली खुर्कोट सडक खण्ड टल्किएको छ।  

निषेधाज्ञाको बीचमा सडकको स्तरोन्नति गरेसँगै बीपी राजमार्गको सिन्धुलीमाढी खुर्कोट खण्डको ३९ किलो मिटर लामो सडकको स्वरुप बदलिएको हो। सिन्धुली खुर्कोट सडक खण्ड घुमाउरो भएकाले स्तरोन्नतिसँगै रमणीय पनि देखिएको छ। बीपी राजमार्गको १६० किलोमिटरमध्ये सिन्धुलीमाढी–खुर्कोट खण्ड जीर्ण भई सडकमा खाल्डाखुल्डी बढेपछि उक्त सडक आयोजनाले स्तरोन्नतिको काम गरेसँगै राजमार्ग सहज र रमणीय भएको छ।  

मुलुकभर फैलिएको कोरोना भाइरसको रोकथामका लागि निषेधाज्ञा गरिएपनि निषेधाज्ञाकैबीचमा धमाधम काम गरी स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

सडकमा दुई इन्च कालोपत्रे थपे ओभरले गरिएको बर्दिवास सिन्धुली– धुलिखेल सडक आयोजनाले जनाएको छ। यो सडकको स्तरोन्नतिका लागि प्रतिकिलोमिटर झन्डै एक करोड रुपैयाँ खर्च भएको छ। सडकको स्तरोन्नति गर्नका लागि चार प्याकेजमा ठेक्का निकाली काम भएको आयोजनाले जनाएको छ। वल्र्डवाइड, जलुकेनी, कल्पवृक्ष जेभिले ओभरलेको काम ३८ करोड रुपैंयाँमा ठेक्का लिएको सडक आयोजनाले जनाएको छ।

सडकको खाल्डाखुल्डी पुर्ने तथा कालोपत्रेको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ। चौडा सडकको पुरै भाग ओभरले हुनुपर्नेमा त्यसो नहुँदा केही समय अलमल भएको थियो।

आयोजनाका प्राविधिक रमेश आचार्यका अनुसार बीपी राजमार्ग पाँचदेखि नौ मिटरसम्म चौडाइ भएको र सुरुमा पाँच मिटर मात्र कालोपत्रे गर्ने कामको स्टमेट रहेकोे हुँदा कतै आधा सडक नै होचो अग्लो देखिएपछि पुरै सडकको चौडाइलाइ लिएर कालोपत्रे भएपछि बीपी राजमार्ग टल्किएको छ।  

कालोपत्रेसँगै सडकको दायाँबायाँ रेखांकन गरी चिह्न लगाउने काम भैरहेको सडक आयोजनाले जनाएको छ। बीपी राजमार्गको कूल १६० किलोमिटरअन्तर्गत अन्य तीन फेजको काम कतै सम्पन्न भएको छ भने केही स्थानमा भैरहेको छ।

प्रकाशित: १२ जेष्ठ २०७८ १०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App