२४ असार २०८१ सोमबार
image/svg+xml

म्याग्दीमा निषेधाज्ञा जेठ १७ गतेसम्म लम्बियो

म्याग्दीमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञाको अवधि तेस्रो पटक थप गरिएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को आइतबार बसेको बैठकले जिल्लाभित्र लागु हुने गरी जेठ १७ गतेसम्मलाई लम्बाइएको छ।

'चेन ब्रेक' गर्न सिन्धुलीमा दश दिन निषेधाज्ञा थपियो

कोरोना भाइरसको संक्रमण दर जिल्लामा बढ्दै गएको भन्दै सिन्धुलीमा १० दिन निषेधाज्ञा गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको डिसीसीएमसीको बैठकले जेठ १८ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो।

इलाममा १० दिन निषेधाज्ञा लम्ब्याइँदै

इलाममा आउँदो १२ गतेदेखि कम्तीमा १० दिन निषेधाज्ञा लम्ब्याइने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले संक्रमण नियन्त्रणमा नआउञ्जेल यसको फैलावट रोक्न जिल्लाभर निषेधाज्ञाको अवधि थप्न सिफारिस गर्ने निर्णय गरेको हो ।

उदयपुरमा संक्रमित ५ सय नाघे, घरबाहिर ननिस्कन प्रशासनको अपिल

संक्रमित र मृतकको संख्या दिनानुदिन बढ्दै गएपछि सर्वसाधारणलाई घरबाहिर ननिस्कन सरोकारवाला निकायहरुले आग्रह गरेका छन्। जिल्ला प्रशासन कार्यालय, प्रहरी, स्थानीय तहहरुले सबैलाई घरघरमा बस्न आग्रह गरेका छन्।

सुकुम्बासीका घरमा नगरको डोजर, प्रतिकारमा मेयर, उपमेयर र वडाध्यक्षको घर तोडफोड

कोभिड संक्रमण कम गर्न जारी निषेधाज्ञा उल्लंघन गर्दै उदयपुरको कटारी नगरले डोजर चलाएर घर भत्काएको छ भने प्रतिरोधमा स्थानीयले नाराजुलुस र तोडफोड गरेका छन्।

कैलालीमा जेठ १३ सम्म निषेधाज्ञा थपियो

कोरानाको दोस्रो लहरको संक्रमण तीव्ररुपमा फैलिने क्रम नरोकिएकोले जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ १३ गते सम्म निषेधाज्ञा थप गरेको छ। नयाँ भेरियन्टको कोरानाको संक्रमणले बिकराल रुप लिदै गएपछि गत बैशाख १६ देखि कैलालीमा निषेधाज्ञा लगाइएको थियो। नयाँ भेरियन्टको संक्रमणले कैलालीमा संक्रमण र मृत्युदर बढ्दै गएको छ। संक्रमण तीव्ररुपमा फैलिरहेकोले थप कडा प्रावधान सहित कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले चौथो पटक थप गर्दै जेठ १३ गतेसम्म निषेधाज्ञा जारी गरेका हुन्।

निषेधाज्ञाले छेकेन महोत्तरीमा वन तस्करी, ४० क्युफिट काठ बरामद

जिल्लाभर नै कोरोनाको दोस्रो लहर न्यूनीकरणका लागि निषेधाज्ञा जारी छ। निषेधाज्ञा भएकै कारण सर्वसाधारणहरु घरभित्र बसेर आफूलाई सुरक्षित राख्ने प्रयास गरेका छन्। तर वन तस्करहरुलाई भने निषेधाज्ञाले छेकेको छैन। तस्करहरुले निषेधाज्ञाकै फाइदा उठाएर आफ्नो तस्करी धन्धालाई निरन्तरता दिएका छन्।

निषेधाज्ञा सकिएको एक महिनासम्म धितो लिलामीमा रोक

नेपाल राष्ट्र बैंकले दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा सकिएको कम्तीमा एक महिनासम्म कर्जा असुलीका लागि धितो लिलाम गर्न नपाउने व्यवस्था गरेको छ ।

निषेधाज्ञा कार्यान्वय गराउन चर्को घाममा यसरी खटिएको छ प्रहरी (फोटोफिचर)

सोमबार दिउँसोको चर्को घाममा पाँचथर सदरमुकाम फिदिमको चोक चोकमा प्रहरीहरु निषेधाज्ञा कार्यान्वयमा खटिरहेका देखिन्थे। कतै मोटरसाईकल रोक्दै, कतै हिँड्डुल गर्ने मान्छेहरुलाई सम्झाउँदै रोक्दै थिए। चर्को घाममा खटिएका आँखा छल्न पाउँदा मोटरसाईकल कुदाउने र सडकमा मान्छे निस्किन खोजीहाल्थे।

उदयपुरमा कोभिड कहरः निषेधाज्ञा कडाइ गर्न सेनाको पेट्रोलिङ

कोभिड संक्रमण रोक्न प्रशासनले जारी गरेको निषेधाज्ञा अटेर गरेको पाइएपछि उदयपरमा सेना परिचालन गरिने भएको छ । दिनहुँ संक्रमित बढ्नुका साथै दैनिक ४ जनासम्म संक्रमितको ज्यान जान थालेपछि निषेधाज्ञा कडाई गर्न सैनिक पेट्रोलिङ तयारी गरिएको हो ।

रसुवामा थप १० दिन निषेधाज्ञा

रसुवामा थप १० दिन निषेधाज्ञा जारी हुने भएको छ । जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी १० दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो ।

फुङ्लिङमा निषेधाज्ञाको अवधि जेठ १० सम्मलाई बढ्यो

ताप्लेजुङको फुङ्लिङमा निषेधाज्ञाको अवधि आउँदो जेठ १० गते मध्यरातीसम्मलाई बढेको छ। जिल्ला प्रशासन कार्यालयले आइतबार निषेधाज्ञा आदेश जारी गर्दै वैशाख २७ गते मध्यरातीबाट आउँदो जेठ ३ गते मध्यरात १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो।

धमाधम निषेधाज्ञा थप गर्दै स्थानीय प्रशासन, कुल ७४ जिल्लामा निषेधाज्ञा जारी

मुलुकका विभिन्न जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलँदो क्रममा रहेकाले स्थानीय प्रशासनले निषेधाज्ञा थप गर्दै नियन्त्रणको प्रयास जारी राखेका छन्। आजसम्म कुल ७४ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ।

बैतडीमा थप १५ दिन निषेधाज्ञा

बैतडीमा १५ दिनको लागि निषेधाज्ञा थपिएको छ। कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि निषेधाज्ञा थपिएको हो।

अर्घाखाँचीमा जेठ १० सम्म निषेधाज्ञा लम्बियो

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले ३१ गते शुक्रबारसम्म जारी गरेको निषेधाज्ञालाई १० गतेसम्म निरन्तरता दिने भएको हो। कोरोना संक्रमण दर बढ्दै गएकाले नियन्त्रण गर्न निषेधाज्ञा थपिएको बैठकले निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्