१६ चैत्र २०८० शुक्रबार
स्वास्थ्य

कैलालीमा जेठ १३ सम्म निषेधाज्ञा थपियो

बिहेमा १० जना मात्र सहभागी हुन पाउने

कोरानाको दोस्रो लहरको संक्रमण तीव्ररुपमा फैलिनेक्रम नरोकिएकोले जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ १३ गते सम्म निषेधाज्ञा थप गरेको छ। नयाँ भेरियन्टको कोरानाको संक्रमणले बिकराल रुप लिदै गएपछि गत बैशाख १६ देखि कैलालीमा निषेधाज्ञा लगाइएको थियो। नयाँ भेरियन्टको संक्रमणले कैलालीमा संक्रमण र मृत्युदर बढ्दै गएको छ। संक्रमण तीव्ररुपमा फैलिरहेकोले थप कडा प्रावधान सहित कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले चौथो पटक थप गर्दै जेठ १३ गतेसम्म निषेधाज्ञा जारी गरेका हुन्।  

सुरुमा बैशाख १६ गते देखि बैशाख २२ गते निषेधाज्ञा जारी गरिएको कैलालीमा दोश्रो पटक जेठ ३० गते सम्म थप गरिएको थियो। तेस्रो पटक थप गरेर जेठ ६ गते राती १२ बजे सम्मका लागी कडा प्रावधान सहित निषेधाज्ञा जारी गरिएको थियो। करिव तीन साता सम्म निषेधाज्ञा लागु हुदाँ समेत  संक्रमण तिव्र रुपमा फैलिन र मृत्युदर बढ्दै जाने क्रम नरोकिएपछि थप कडा प्रावधान सहित चौथो पटक निषेधाज्ञा थप गरिएको हो।

जिल्लामा कोभिड १९ को संक्रमण तीव्ररुपमा  बढीरहेकोे अवस्थालाई गंभिरतापुर्वक लिदै संक्रमण फैलिनवाट रोक्न र रोकथाम तथा नियन्त्रणका लागी संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानिय प्रशासन ऐन २०२८ दफा ६(३) ले दिएको अधिकार प्रयोग गरि निषेधाज्ञा जारी गरिएको प्रजिअ रिजालले बताएका छन्।

बैकं तथा बित्तिय संस्था संचालनमा बढीमा ३ जना मात्र कर्मचारी रहने गरि राजस्व दाखिला र सरकारी कारोवार बाहेक सवै सेवा बन्द गर्न आदेश गरिएको छ। बैकं र बित्तिय संस्तालाई अत्याआबश्यक भुक्तानी एटिएम तथा बिद्युतिय प्रणालीवाट गर्नें व्यवस्था मिलाउन भनिएको छ। यसैगरि स्वास्थ्यसेवा, खाद्य सामग्री लगायतका अत्याबश्यक सेवा प्रदायकले स्वास्थ्य सुरक्षाका मापदण्ड अपाउनु पर्ने र नअनाएमा संचालकलाई कारवाही गर्ने आदेशमा उल्लेख  ।

यसैगरि बिहेमा दुलाहा दुलही राखेर व्यानर सहित ५, ५ जनाका दरले दुई गाडिमा १० जनाभन्दा बढी आवतजावत गर्न रोक लगाइएको छ । राष्ट्रिय गौरवका आयोजनाका हकमा निर्माण सामग्री,कामदार, उपकरण सवै निर्माण स्थलमा राखेर निर्माण गर्ने कार्य वाहेक सवै किसिमका निर्माण कार्य स्थगन गर्ने भनिएको छ। अत्याबश्यक वाहेक निजी तथा सार्वजनिक सवारीसाधन संचालन गर्न पुर्ण रोक लगाइएको छ। अतिआबश्यक वाहेक अन्य सार्वजनिक सेवा पुर्ण रुपमा स्थगन गर्न लगाइएको छ ।अतिआबश्यक सेवा प्रावह गर्ने वाहेकका अन्य कार्यालयले २५ प्रतिशत संख्यामा कर्मचारी र सवारीसाधन प्रयोग गरि कार्यालय आन्तरिक व्यवस्थापन मिलाउनु पर्ने छ।

औषधी उपचार तथा अत्याआबश्यक काम बाहेकका लागी घरवाट निस्कन र हिडडुल गर्न नदिन थप कडाई गरिने भनिएको छ ।स्वास्थ्य सेवा,दुध डेरी तथा पेट्रोलियम पदार्थ सम्बन्धी वोहक अन्य पसल व्यवसाय संचालन गर्न रोक लगाइएको छ ।  तरकारी, फलफुल तथा खाद्य वस्तुका पसल , व्यवसाय मंगलवार, बिहिवार र शनिवार तीन दिन बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खोल्न दिइने छ।

सुदूरपश्चिममा सवैभन्दा बढी संक्रमण दर र मृत्यु दर भएको जिल्ला कैलाली हो। कैलालीमा ५ हजार २ सय १६ जना सक्रिय संक्रमित रहेका छन् भने कोराना संक्रमणले १ सय ७१ जनाको ज्यान गैसकेको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पहिलो लहरको कोरोना संक्रमणले ३१ जनाको मृत्यु भएको थियो । कोरानाको दोश्रो लहरले बैशाख १२ गते १ जनाको ज्यान गएको थियो । त्यस यता नयाँ भेरियन्टको कोराना संक्रमणले  कैलालीमा १ सय ४० जनाको मृत्यु भएको।

प्रकाशित: ५ जेष्ठ २०७८ ०९:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App