२९ वैशाख २०८१ शनिबार
image/svg+xml

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारीहरुको बैठक बस्दै छ। आज दिउँसो १ बजे काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओबीच निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको बताइएको छ।

उदयपुरमा कोभिडः चौदण्डीगढीमा निषेधाज्ञा थप कडाई

अन्य ठाउँमा कोभिड संक्रमण घट्दै जाँदा चौदण्डीगढीमा बढ्दै गएपछि जारी निषेधाज्ञालाई कडाई गरिएको छ। केहीदिनयता नगरपालिकाका विभिन्न वडाका वस्तीतर्फ संक्रमण बढ्दै गएको पाइएपछि निषेधाज्ञा कडाई गरिएको हो।

कैलालीमा असार १५ गतेसम्म निषेधाज्ञा थपियाे

कोरानाको दोस्राे लहरको नयाँ भेरियन्टको संक्रमण नियन्त्रण र रोकथाम गर्न जिल्ला प्रशासन कैलालीले असार १५ गते सम्म निषेधाज्ञा थप गरेको छ।

कैलालीमा जेठ ३१ सम्म निषेधाज्ञा

कोराेनाको दोश्रो लहरको नयाँ भेरियन्टको संक्रमण नियन्त्रण र रोकथाम गर्न जिल्ला प्रशासन कैलालीले निषेधाज्ञा छैटौं पटक थप गरेको छ । जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताएका छन् ।

चितवनमा २७ गतेसम्म निषेधाज्ञा थपियो

जिल्लामा निषेधाज्ञाको अवधि थप भएको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले आज सात दिनका लागि थप निषेधाज्ञा जारी गरेका हुन्।

कैलालीमा जेठ १३ सम्म निषेधाज्ञा थपियो

कोरानाको दोस्रो लहरको संक्रमण तीव्ररुपमा फैलिने क्रम नरोकिएकोले जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ १३ गते सम्म निषेधाज्ञा थप गरेको छ। नयाँ भेरियन्टको कोरानाको संक्रमणले बिकराल रुप लिदै गएपछि गत बैशाख १६ देखि कैलालीमा निषेधाज्ञा लगाइएको थियो। नयाँ भेरियन्टको संक्रमणले कैलालीमा संक्रमण र मृत्युदर बढ्दै गएको छ। संक्रमण तीव्ररुपमा फैलिरहेकोले थप कडा प्रावधान सहित कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले चौथो पटक थप गर्दै जेठ १३ गतेसम्म निषेधाज्ञा जारी गरेका हुन्।

काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा, थप कडा हुने

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञालाई १५ दिन थप गर्ने निर्णय गरेका हुन्। थप भएसँगै निषेधाज्ञा जेठ १३ गतेसम्म हुने भएको छ।

निषेधाज्ञा थप कडा पारिनेछ नआत्तिई यस अभियानमा साथ दिनुहोस्: प्रधानमन्त्री

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले निषेधाज्ञा थप कडा पार्ने बताएका हुन्। उनले अन्तर्राष्ट्रिय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेकको परीक्षण गरिने बताउँदै स्थलमार्गबाट विदेशी नागरिकको प्रवेशमा रोक लगाइएको जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्