८ आश्विन २०८१ मंगलबार
image/svg+xml

विराटनगरका मेयरले दिए राजीनामा

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले राजीनामा दिएका छन्। पराजुलीले बुधबार महानगरपालिकाको प्रशासन मार्फत उपमेयर इन्दीरा कार्कीलाई राजिनामा बुझाएका हुन्।

पाँच वर्षमा तीन वटा काम गर्न सकेनौँ: मेयर प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको बेला जनतालाई दिएको घोषणा पत्र अनुसार यो पाँंच वर्षको बीचमा आफूहरुले तीन वटा काम गर्न नसकेको बताएका छन्।

कलैयाका १३६ जनप्रतिनिधिद्वारा राजीनामा

वैशाख ३० गते हुने लागेको स्थानीय तहको निर्वाचनमा पुनःउम्मेदवार बन्नको लागि १३६ जनाले राजीनामा दिएका हुन्।

महानगरवासीले दिएको जिम्मेवारी पूरा गरेको छु: मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गरेका छन्।

मेयर शाक्यद्वारा माईतीघरको आकाशे पुल उद्घाटन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माईतीघरको आकाशे पुलको उद्घाटन गरेका छन्।

सम्पदा पुनर्निर्माणको काम छुटेको भए जानकारी गराउनुस्: मेयर शाक्य

काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन अपिल गरेको छ।

संघीय सरकारले सम्पदाहरुको संरक्षणमा चासो दिएन: मेयर शाक्य

समाचारको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन्।

फेरि तयार भयो अर्काे फल्चा

भक्तपुर नगरपालिकाका वडा नं. ३ तेखापुखुस्थित तेखापुखु फल्चा (सार्वजनिक पाटी) को शुक्रबार उद्घाटन गरिएको छ।

विराटनगर महानगरपालिकाका प्रमुखबाट दण्डवत् प्रणामको यात्रा सुरु

विश्व शान्ति र मानवकल्याणका निम्ति विराटनगर महानगरपाकिका प्रमुख भीम पराजुलीले सदाझै यसवर्ष पनि छठपर्वमा छठीमाताका लागि दण्तवत् प्रणाम गर्दै घाटसम्म पुग्ने यात्रा आरम्भ गरेका छन्।

तीन स्थानीय तहका कोरोना प्रभावितलाई राहत

कोरोना संक्रमणका कारणरोजगारी गुमाएका जुम्लाका तीन स्थानीय तहका परिवारलेराहत पाएका छन्।

सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी

कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो, न त भारतीय पक्षले गोली चलाएको विषय नै स्वीकार गर्‍यो। मुलुकमा चर्चाको विषय बनेको उक्त घटनालगत्तै घटनास्थल छेउमै सशस्त्र प्रहरी बलले बिओपी स्थापना गरेर सीमा क्षेत्रको सुरक्षा र निगरानी भने बढाएको छ।

संक्रमितको मृत्युपछि नगरपालिका सिल, एक वडाबाट अर्कोमा आउजाउ गर्न रोक

१५ वडा रहेको नगरपालिकामा एक वडाबाट अर्को वडामा आउजाउ गर्नसमेत रोक लगाइएको छ। कोभिड–१९ को महामारी बढिरहँदा पनि आवतजावत नरोकिएकाले ‘कफ्र्यू’भन्दा कडा गर्ने तयारी भइरहेको मेयर रिजालले बताए।

विपद् व्यवस्थापनमा जुट्दै जनप्रतिनिधि

भूकम्प, आगलागी, महामारी, कोरोना भाइरस लगायतका विपद् आउँदा पर्याप्त पूर्वतयारी नहुँदा समस्या भएको भन्दै विपद् व्यवस्थापनमा जुटेका हुन्। विपद् पूर्व तयारी र प्रतिकार्यसम्बन्धी जनप्रतिनिधिलगायत सरोकारवालाहरूले तालिम लिएर वडास्तरसम्म विपद् व्यवस्थापनका योजना बनाउन थालेको दशरथचन्द नगरपालिकाका विपद् व्यवस्थापन फोकल पर्सन विनोदबहादुर चन्दले बताए।

स्थानीय तहको अनियमितता नियन्त्रणबाहिर

प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको मिलेमतोमा अनियमितता मौलाइरहेको देखिएको छ। कोरोना संक्रमणका बेला स्वास्थ्य सामग्री खरिद र क्वारेन्टिन व्यवस्थापनलगायतमा राजापुर र गेरुवा गाउँपालिकामा व्यापक अनिमियतता भएको तथ्य बाहिर आएको हो।

पिसिआर मेसिन र भेन्टिलेटर खरिदमा महागढीमाईले सहयोग गर्ने

जिल्लामा बढदै गइरहेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न र संक्रमितको उपचारको लागि आवश्यक पर्ने पिसिआर मेसिन, किट, भेन्टिलेटर लगाएतको उपचारमा आवश्यकता पर्ने उपकरणको व्यवस्थापन कार्यमा महागढीमाई नगरपालिकाले सहयोग गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्