८ वैशाख २०८१ शनिबार
समाज

फेरि तयार भयो अर्काे फल्चा

भक्तपुर नगरपालिकाका वडा नं. ३ तेखापुखुस्थित तेखापुखु फल्चा (सार्वजनिक पाटी) को शुक्रबार उद्घाटन गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एक समारोहबीच पाटीको उद्घाटन गरेका हुन्।

तेखापुखु पाटी पुनः निर्माण उपभोक्ता समितिका अध्यक्ष रामसुन्दर खाताखोको अध्यक्षताको उपभोक्ता समितिले पाटी निर्माण गरेको हो। त्यसको लागि बजेट भने वडा कार्यालयको हो। उपभोक्ता समितिमार्फत काम भएको हो।

तेखापुखु पाटी पुनः निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष मणिरत्न शिल्पकारले पाटीको आय-व्यय प्रस्तुत गर्दै उक्त पाटी २१ लाख ९९ हजार ३१४ रुपैयाँमा निर्माण सम्पन्न भएको बताए। सोही अवसरमा त्यहाँ शारीरिक व्यायाम सामाग्रीको पनि उद्घाटन गरिएको थियो।

नगरपालिकाले वडाका ठाउँं-ठाउँंमा शाररीक व्यायाम स्थल राखी त्यहा व्यायाम सामाग्रीहरुको बन्दोवस्त गर्दै आएको छ। त्यहाँ जोकोही सर्वसाधारणले जुनैबेला पनि गएर निःशुल्क व्यायाम गर्न सकिने व्यवस्था छ। 

प्रकाशित: १३ फाल्गुन २०७८ ०७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App