६ वैशाख २०८१ बिहीबार
राजनीति

पाँच वर्षमा तीन वटा काम गर्न सकेनौँ: मेयर प्रजापति

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले निर्वाचनको बेला जनतालाई दिएको घोषणा पत्र अनुसार यो पाँंच वर्षको बीचमा आफूहरुले तीन वटा काम गर्न नसकेको बताएका छन्।

‘हामीले ख्वप विश्वविद्यालय सञ्चालनमा ल्याउन सकेनौं, उनले भने, ‘उक्त कामको लागि निरन्तर प्रयास गर्‍यौँ तर संघीय सरकारले प्रतिनिधि सभामा ख्वप विश्वविद्यालय विधेयक प्रस्तुत गरी नदिएको कारण भक्तपुरका जनताको त्यो चाहना हाम्रो कार्यकालमा पूरा हुन पाएन।’

आफूहरुको पाँंचवर्षे कार्यकालमा भएका उपलब्धीहरुबारे जानकारी दिन शुक्रबार नगरबासीहरुलाई नगरपालिका भवनमा कार्यक्रम गरी सम्बोधन गर्दै उनले भने, मेडिकल कलेज स्थापना गरी सस्तोमा गुणस्तरीय चिकित्सक उत्पादन गर्ने हाम्रो उद्देश्य थियो। तर पनि हामीले यसलाई निरन्तर जोड दिइरहेका छौं। उनले त्यसैगरी दोश्रो पूरा गर्न नसकेकोमा दरबार क्षेत्रस्थित कला सङ्ग्रहालय रहेको भवन (लाल बैठकसहित) पुनःनिर्माण रहेको बताए।

पुनः निर्माणको क्रममा राणाकालीन शैलीमा निर्माण गर्ने वा मल्लकालीन भन्नेमा केही समस्या देखिएकोमा पछि मल्लकालीन शैलीमा निर्माण गर्न संस्कृति मन्त्रालय, पुरातत्व विभाग र भक्तपुर नगरापलिकाबीच सहमति भए पनि युनेस्कोको अनुमति लिनुपर्ने जस्ता प्राविधिक कारणले त्यो पूरा हुन नसकेको उनले बताए। साथै सरकारले पटक पटक आश्वासन दिएर पनि आवश्यक बजेट व्यवस्थापन गरी नदिएको हुँदा भनपा–६ मा अरनिको सभा भवन निर्माण गर्ने हाम्रो योजना अधुरो रहेको पनि बताए।

प्रकाशित: ९ वैशाख २०७९ १२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App