८ वैशाख २०८१ शनिबार
समाज

पिसिआर मेसिन र भेन्टिलेटर खरिदमा महागढीमाईले सहयोग गर्ने

जिल्लामा कोरोना भाइरस नियन्त्रणमा आवश्य पर्ने मेसिन र उपकरण खदिरमा ५० देखी एक करोडसम्म सहयोगको घोषण गरेका महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादव ।

जिल्लामा बढदै गइरहेको कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न र संक्रमितको उपचारको लागि आवश्यक पर्ने पिसिआर मेसिन, किट, भेन्टिलेटर लगाएतको उपचारमा आवश्यकता पर्ने उपकरणको व्यवस्थापन कार्यमा  महागढीमाई नगरपालिकाले सहयोग गर्ने भएको छ।

महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवले कलैयामा सञ्चालन गरिएको अस्थायी कोरोनामा अस्पतालमा आवश्यक पिसिआर मेसिन, भेन्टिलेटर सहितको आइसोलेसन बेड अति आवश्यक रहेको र सोको व्यवस्थाको लागि ५० लाख देखि एक करोडसम्म सहयोग गर्ने बताएका छन्।

‘कोरोना भाइरसलाई नियन्त्रण गर्न यसको परीक्षणको दायरा बढाउन एक मात्र विकल्प रहेको छ,’ नगर प्रमुख यादवले भने, ‘परीक्षणको लागि चाहिने मेसिन, जनशक्ति लगाएतको स्रोत साधनको व्यवस्थामा जिल्लामा रहेको १६ वटा स्थानीय तहहरूले मिलेर गर्नुपर्ने देखिएको छ ।’  

महागढीमाई नगरपालिकाले एक्लै पिसिआर मेसिन, भेन्डिलेटर सहितको आइसोलेसन बेड सञ्चालन गरेर त्यसमा डाक्टर लगाएतको स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गर्न नसकिने अवस्था रहेकोले यसको व्यवस्थापनमा अन्य स्थानीय तहका प्रमुखहरूले समेत गम्भिरताका साथ लाग्न आग्रह यादवले गरे।

एक घर एक पिसिआर परीक्षण गर्न अति आवश्यक देखिएकोले यस अभियानमा संघ र प्रदेशको मुख ताक्दा स्थिती यस भन्दा पनि नाजुक बन्ने डर समेत रहेकोले सबै स्थानीय तहहरूले एक भएर कोरोनाको संकटकालबाट निप्टन आ–आफनो स्थानबाट सहयोग गरेर अगाडी बढनुको बिकल्प नभएको उनले बताए।

छिमेकी जिल्ला पर्साको वीरगन्ज महानगरपालिकाले जिल्लाका अन्य स्थानीय तहहरू र बिभिन्न निकायसँगको सहयोगमा पीसिआर मेसिन खरिद गरेर एक घर एक पीसिआर परीक्षण अभियान चलाउँदा समेत कोरोना भाइरसले दिनहुँ मानिसहरूको मृत्यु भई रहेको अवस्थामा बारामा पनि स्रोत साधन र जनशक्तिको व्यवस्थापन सयमै गरिएन भने पर्सा भन्दा पनि बाराको अवस्था  गम्भिर हुने डर समेत रहेको बताएको छ।

जिल्ला स्वास्थ कार्यालय बाराका निरीक्षक तथा कोरोना रोगका फोकल पर्सन शंकर प्रसाद गुप्ताले जिल्लाका स्थानीय तहरुको बजेट रकमको व्यवस्थापन गरेर पीसीआर मेसिन, किट, भेडिलेटर, खरिद गरेर परीक्षणको दायरा बढाउनु पर्ने सुझाव दिएका छन्।

कलैया उपमहानगरपालिकाको ३ गंगापुरमा सञ्चालन गरिएको अस्थायी कोरोना अस्पतालमा समेत भेन्टिलेटरको व्यवस्थापन कलैया अस्पतालले गर्न नसकेको अवस्थानमा स्थानीय तहहरूले यसको व्यवस्थापनमा गर्न जरुरी देखिएको गुप्ताले बताए।

चार महिनाको अवधिमा १६ वटै स्थानीय तहहरूमा गरेर पिसिआर परीक्षण सात हजार र आरडिटी परीक्षण २५ सय जनाको मात्रै गरिएको र यसको दायरा बढाउन जिल्लामै पिसिआर मेसिन जडान गरिए राम्रो हुने बताए।

प्रकाशित: १९ श्रावण २०७७ १२:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App