८ आश्विन २०८१ मंगलबार
image/svg+xml

सडकमा ग्राभेल खसाल्ने कामलाई रोक्न गएका नगर प्रहरी कुटिए

शहरी विकास मन्त्रालयबाट आएको बजेटबाट गुपचुप तरिकाले भैरहेको सिमरा–मलाही सडकमा ग्राभेल खसाल्ने कामको बारेमा बुझ्न गएको महागढीमाई नगरपालिकाका नगर प्रहरीलाई बुधबार कुटपिट गरिएको छ। कुटपिटबाट नगर प्रहरी नमिता कुशवाह लगायत घाईले भएका छन्। धारिलो हतियारबाट प्रहार गरिएको कुशवाहाको टाउकोमा चारवटा टाँका लागेको कलैया अस्पतालले जनाएको छ।

छ लाखसहित आठ जना पक्राउ

लमही नगरपालिकाका रत्नप्रसाद श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा आज प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट प्रहरीले रु छ लाख ७८ हजार बरामद गरेको छ ।

आम्दानीको स्रोत बन्यो इटालियन स्याउ

जुम्ला चन्दननाथ नगरपालिकाका तिलक बुढ्थापा चन्दननाथ मन्दिरको जग्गामा रोपिएका इटालियन स्याउ भिœयाउन व्यस्त छन्। उनी फलेको स्याउ टिप्ने, स्याउ खरिद गर्ने व्यापारीलाई स्याउ देखाउने र बेच्ने काममा व्यस्त छन्।

संकटमा अल्पसंख्यक सुनाहा जाति

कञ्चनपुर जिल्लाको पहिलो नगरपालिका भीमदत्तका दुई वार्डमा अल्पसंख्यक सुनाहा जातीको बसोबास छ। वार्ड नम्बर १२ संगै १३ मा यो समुदायका परिवारको बसोबास छ।  दुबै वार्डमा ७५ परिवार अल्पसंख्यक सुनाहा जाती बस्छन।

कार्यालय प्रमुखसँग नगरप्रमुखको कार्यसम्पादन सम्झौता

कार्यालय प्रमुखसँग नगरप्रमुखको कार्यसम्पादन सम्झौताभीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखसित विहीबार कार्यसम्पादन सम्झौता गरेका छन्। नगरपालिका कार्यालयमा नगरप्रमुख विष्ट र निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टले कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। नगरपालिकाकाको कार्यसम्पादनलाई प्रभावकारी बनाउन हस्ताक्षर गरिएको सम्झौतापत्रमा प्रमुख प्रशासकीय अधिकृतका लागि १५ बुँदे काम, कर्तव्य, उत्तरदायित्व र अधिकार तोकिएको छ।

धादिङबेसीमा ‘लभ हो’ मुहूर्त

नेपाली कथानक फिल्म ‘लभ हो’ को यहाँ मुहूर्त गरिएको छ।धादिङबेसीमा आयोजित एक कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगानाले नरिवल फुटाएर फिल्मको मुहूर्त गरे।सन्तोष काफ्लेको निर्माण तथा सुबास जिसीको निर्देशनमा फिल्म बन्न लागेको हो।

सरुवा भएको ठाउँमा नजाने प्रमुख प्रशासकीय अधिकृत निलम्बित

रौतहट सदरमुकाम गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बनमा परेका छन्।पटक–पटक सरुवा हुँदा पनि तोकिएको स्थानमा नगएपछि संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्कीलाई निलम्बन गरेको हो।

वीरगन्जमा गरिमा विकास बैंक

गरिमा विकास बैंक लिमिटेडले बुधबार वीरगन्जमा शाखा खोलेको छ। उक्त शाखाको उद्घाटन वीरगन्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले गरेका थिए।

हाकिमचोकमा मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले चितवनको, हाकिमचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। उक्त शाखाको उद्घाटन भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाहले गरेकी थिइन्।

अग्निपीडितलाई मेयरबाट दुई महिनाको तलब

जिल्लाको मलंगवा नगरपालिकाका मेयरसहित सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीले आफ्नो तलबबाट अग्निपीडित परिवारलाई राहत प्रदान गरेका छन्। मलङ्गवा नगरपालिका–१० जिविस चोकस्थित आगलागीबाट ६ वटा पसलमा आगो लाग्दा ६० लाखभन्दा बढीको धनमाल क्षति भएको थियो। सो आगलागीबाट पीडित बनेका आठ परिवारलाई राहत प्रदान गरिएको हो।

‘सवारी र यात्रु देखेपछि बल्छ स्मार्ट लाइट’

ललितपुर महानगरपालिकाका सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्ने तयारी थालेको छ। मुख्य सडकमा बत्ती जडानका लागि महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा भइसकेको छ। चालू आर्थिक वर्षभित्र सम्पन्न हुनेगरी  योजनाको ठेक्का सम्झौता भइसकेको महानगरले जनाएको छ।

करार कर्मचारीको म्याद नथप्दा नगरपालिकाका मेयर कुटिए

रौतहटको राजपुर नगरपालिकाका मेयर र कार्यकारी प्रमुखमाथी हातपात भएको छ। नगरपालिकामा करार सेवामा कार्यरत वातावरण अधिकृत शाहनवाज हुसैनले नगरप्रमुख मोहमद शकिल अख्तर र प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद साहलाई नगरपालिकाको कार्यालयमै दुर्व्यवहार गर्दै हातपात गरेका छन्।

धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन

धरान उपमहानगरपालिका मेयर तारा सुब्बाको मंगलबार दिउँसो निधन भएको छ। ग्रान्डी अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो।

२१ दिनदेखि बेपत्ता पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेलको शव फेला

पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्