१५ वैशाख २०८१ शनिबार
image/svg+xml
शिखरजंग श्रेष्ठ


शिखरजंग श्रेष्ठका लेखहरु :

नर्सको भरमा जिल्ला अस्पताल

जिल्ला अस्पताल फाप्लु एक हप्तादेखि नर्सको भरमा चलिरहेको छ। कार्यरत चिकित्सक डा. रमिन महर्जन सरुवा भएर ललितपुर गएपछि सोमबारदेखि जिल्ला अस्पताल नर्सको भरमा चलेको छ।

सार्वजनिक शौचालयविनै खुला दिसामुक्त घोषणा, कार्यान्वयनमा चुनौति

सोलुखुम्बुलाई मुलुककै ७६ औ जिल्लाको रुपमा असोज ३ गते खुल्लादिसामुक्त घोषणा गरेपनि सार्वजनिक शौचालय नहुँदा घोषणाको औचित्यमाथी प्रश्न उठेको छ।

साढे पाँच महिनामै जन्मियो शिशु, उपचारमा आर्थिक समस्या

सोलुखुम्बुमा एक महिलाले २२ हप्तामै शिशु जन्माएकी छिन्। सामान्यतया ९ महिनामा जन्मनु पर्नेमा थुलुङ दूधकोसी गाउँपालिका–५ जुबुकी २० वर्षीया सुस्मा बस्नेतले गर्भ बसेको २२ हप्तामै शिशु जन्माएकी हुन्।

‘सोलुदूधकुण्ड’मा धमाधम बेलिब्रिज

सडकको पहुँच पुगेको केही वर्ष भएको तामाखानीस्थित लोदिङ खोलामा मोटरबेल पुल नहुँदा सर्वसाधारण बर्खामा सास्ती खेप्दै आएका थिए। उनीहरुले मात्र हैन, ज्वालामाई देवीको मन्दिर पुग्ने दर्शनार्थीले पनि हैरानी भोग्नुपर्ने बाध्यता थियो।

‘काँ जान्छौ तन्नेरी’को लोर्कापण

नाटककार एवं रंगकर्मी डी.बी. किरातीको नाटक संग्रह ‘काँ जान्छौ तन्नेरी’ लोर्कापण गरिएको छ। राजधानीको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा गत शनिबार एक कार्यक्रमका बीच संस्कृतिविद् सत्यमोहन जोशीले नाटक संग्रहको लोर्कापण गरे।

सगरमाथा आरोहणको सिजन सकियो, ६ सय आरोही शिखरमा, १० जनाको मृत्यु

सगरमाथा हिमालको यो वर्षको आरोहण सिजन सकिएको छ। सोमबार अन्तिम दिन झण्डै २० जना आरोही शिखरमा पुगेसँगै यो वर्षको लागि आरोहण सकिएको आधार शिविरमा खटिएका सरकारी सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए।

दुई सय खेलाडी सहभागी हुने

विश्वको सबैभन्दा अग्लो स्थानमा आयोजना हुने तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको १७औं संस्करणमा दुई सयभन्दा बढी धावकले सहभागिता जनाउने भएका छन्।

वडा कार्यालय सोलुखुम्बुमा, सेवा काठमाडौंमा पनि

सोलुखुम्बु थुलुङ दूधकोसी गाउँपालिका वडा नम्बर ९(लोखिम) कार्यालयले काठमाडौंमा पनि कार्यालय खडा गरी वडावासीलाई सेवा दिन थालेको छ।

सोलुका स्थानीय तहमा पोस्टमार्टमको सास्ती

गाउँगाउँमा सरकार, टोलटोलमा ग्रामीण सडक पुगे पनि सोलुखुम्बुका नागरिकले अझै पनि पोस्टमार्टमका लागि सास्ती खेप्नुपरेको छ। जिल्ला अस्पताल फाप्लुमा मात्र पोस्टमार्टम सेवा भएकाले लाखौं तिरेर हेलिकोप्टरमार्फत लास जिल्ला सदरमुकाम तथा राजधानीसम्म लैजानुपर्ने बाध्यता रहिआएको छ। आत्महत्यासहित शंकास्पद मृत्युपछि पोस्टमार्टम अनिवार्य हुनु र जिल्लाभर जिल्ला अस्पताल फाप्लुमा मात्र पोस्टमार्टम सेवा सञ्चालनमा रहेकाले दुर्गम भेगका नागरिकले पोस्टमार्टमका लागि सास्ती खेप्नुपरेको हो।

सगरमाथा आधारशिविरबाट डेढ दर्जन टेन्ट उडायो

हावाहुरीले सगरमाथाको आधारशिविरबाट डेढ दर्जन पाल उडाएको छ। समुद्री चक्रवात फानी र पश्चिमी वायुका कारण बिहीबार बेलुका र शुक्रबार बिहान आएको हावाहुरीले क्याम्प टु र थ्रीमा रहेका पाल उडाएको नाम्चेबजारबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए। क्याम्प टुमा हुरीले केही पाल उडाए पनि मानवीय क्षति भने नभएको उनको भनाइ छ।

तेन्जिङ हिलारी र फाप्लु विमानस्थल बन्द, विरामी अलपत्र

फानी आँधिको प्रभाव पर्ने सम्भावनाकै कारण फाप्लु विमानस्थलमा आजको दुई उडान रद्द गरिएको छ। मौसम प्रतिकुल रहे भोलि पनि विमानस्थल बन्द रहने नागरिक उड्ययन कार्यालय, फाप्लुका प्रमुख प्रकाश शर्माले बताए। उडान बन्द भएपछि जिल्ला अस्पतालबाट रेफर गरिएका विरामी अन्यौलमा परेका छन्।

‘मितेरी ट्रस्ट ब्रिज’ बन्ने

जिल्लाका दुई स्थानीय तहको सहकार्यमा ओर्लाङघाटस्थित दूधकोशी नदिमा मितेरी ट्रस्ट ब्रिज निर्माणका लागि निर्माण कम्पनीसँग सम्झौता गरिएको छ।

हेडमास्टर बन्न परीक्षा दिनुपर्ने

शैक्षिक सुधारका लागि विद्यालयमा शिक्षक र विद्यार्थीले मोबाइल प्रयोग गर्न नपाउने निर्णय गरेको केही समयपछि नै थुलुङ दूधकोसी गाउँपालिकाले विद्यालयको प्रधानाध्यापकका लागि परीक्षा सञ्चालन गर्ने नौलो तरिका अवलम्बन गरेको छ। गाउँ शिक्षा समितिले २०७६ लाई ‘शैक्षिक सुधार वर्ष’कै रूपमा अघि बढाउने सोचले शैक्षिक गुणस्तर वृद्धिका लागि प्रधानाध्यापक खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने नीति लिएको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले जानकारी दिए।

‘गाउँघर क्लिनिक’ भवन उद्घाटन

सोलुदुधकुण्ड नगरपालिका–२ फेरामा नेपाल मेड नेपाल गाउँघर क्लिनिकको भवन उद्घाटन गरिएको छ। नेपाल मेड, जर्मनीको करिब ४५ लाख रुपैयाँ लगानीमा निर्मित पाँचकोठे सो भवनको नेपाली कांग्रेसका निवर्तमान जिल्ला सभापति आङगेलु शेर्पा, मेयर नाम्गेल जाङबु शेर्पा, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईं र जिल्ला अस्पताल फाप्लुका इन्चार्ज डा. मिङमार छिरिङ शेर्पाले हालै एक कार्यक्रमबीच संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्