८ वैशाख २०८१ शनिबार
समाज

नर्सको भरमा जिल्ला अस्पताल

जिल्ला अस्पताल, फाप्लु। फोटो:शिखरजंगश्रेष्ठ

सोलुखुम्बु - जिल्ला अस्पताल फाप्लु एक हप्तादेखि नर्सको भरमा चलिरहेको छ। कार्यरत चिकित्सक डा. रमिन महर्जन सरुवा भएर ललितपुर गएपछि सोमबारदेखि जिल्ला अस्पताल नर्सको भरमा चलेको छ।

७ जना नर्स तथा करारका स्वास्थ्य सहायकले अहिले अस्पतालको सेवा दिइरहेको सूचना अधिकारी सानी शेर्पाले बताइन्। सामान्यदेखी जटिल खालका रोगको उपचारका लागि अहिले ओखलढुङगाको मिसन हस्पिटल तथा काठमाण्डौ लैजानु पर्ने बाध्यता रहेको छ। चित्किसक नभएपछि अहिले अधिकांश बिरामी उपचारका लागि फाप्लु अस्पताल जानै छाडेका छन्।

चिकित्सक हुँदा सयको हाराहारीमा विरामी पुग्ने अस्पतालमा अहिले मुस्किलले ४० जना विरामी उपचारका लागि पुग्ने अस्पतालकी स्टाफ नर्स अमिता राईले बताइन्। अस्पतालबाट अहिले सामान्य किसिमको प्रसुति सेवा, एक्स–रे, भिडियो एक्स–रे सेवा प्रदान हुने भए पनि िचकित्सक नहुँदा रोगको पहिचान नहुने भएकाले बिरामीहरु उपचार गर्नका लागि बाहिरी जिल्ला जानुपर्ने अवस्था सिर्जना भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीबाट रेफर गरिएका बिरामी जिल्ला अस्पताल आउने गरेपनि अस्पतालल ेअन्यत्र रेफर गर्दै आएको छ।

संघीय सरकारको मातहतमा रहेको अस्पताललाई संघीय संरचना लागु भएपछि प्रदेश सरकारको मातहतमा राखिएको छ। प्रदेश मातहतमा रहेपछि दरबन्दी पनि ५० प्रतिशत घटाइएको छ।जिल्ला अस्पतालमा समेत चिकित्सक नभएपछि प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीले सल्लेरीमा आयोजित एक कार्यक्रममा आक्रोश पोखेका थिए।

उनले संघीय सरकारका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवको राजिनामा माग गरेका थिए। उनले भने, ‘स्वास्थ्यमन्त्रीले राजिनामा दिएहुन्छ, दुई तिहाई पु¥याउन सरकारमा ल्याएको उपेन्द्रजीले सरकारलाई असफल बनाउने ध्याउन्नमा हुनुहुन्छ। जिल्ला अस्पतालमा पनि चिकित्सक नखटाउने हो भने राजिनामा दिनुको विकल्प देख्दिन’।१ नं प्रदेशका जिल्ला अस्पतालमा चिकित्सिक अभावभएको विषयमा मुख्यमन्त्री शेरधन राईले पनि धनकुटामा भएको एक कार्यक्रममा भनेका थिए, ‘यहिवर्ष भित्र सम्पुर्ण जिल्ला अस्पतालमा चिकित्सकको व्यवस्था गर्छौ’।

चिकित्सक नहुँदा पोष्टमार्टमका लागि पनि अन्यत्र लैजानुपर्ने बाध्यता सृजना भएको छ। अहिले पोष्टमार्टमका लागि ओखलढुङगाको मिसन हस्पिटल लैजानु पर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ। जिल्लाको नेचा सल्यान गाउँपालिकाको सल्यानमा निर्माण भएको पोष्टमार्टम गृह बर्षौदेखि सञ्चालनमा छैन भने प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा पोष्मार्टम गृह निर्माण भए पनि चिकित्सक अभावमा सञ्चालनमा आउन सकेको छैन। खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पनि पोष्टमार्टम गृह नहुँदा हेलिकप्टर चार्टर गरेरै काठमाण्डौ लैजानुपर्ने बाध्यता कायमै छ।

प्रकाशित: २४ कार्तिक २०७६ ०५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App