coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दुई सय खेलाडी सहभागी हुने

 सोलुखुम्बु - विश्वको सबैभन्दा अग्लो स्थानमा आयोजना हुने तेन्जिङ हिलारी एभरेस्ट म्याराथनको १७औं संस्करणमा दुई सयभन्दा बढी धावकले सहभागिता जनाउने भएका छन्। हिमालय एक्सपिडिसनले बिहीबार पत्रकार सम्मेलन गरेर १ सय ५४ विदेशी र बाँकी स्वदेशी धावकलाई सहभागी गराउने जनाएको हो। विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा पहिलो पटक सफल आरोहण गरेका तेन्जिङनोर्गे शेर्पा र एडमन्ड हिलारीको सम्झनामा हरेक वर्ष मे २९ मा आयोजना हुने एभरेस्ट म्याराथनमा हुँदै आएको छ।

म्याराथनमा ४२.१९५ किमिको फुल म्याराथनसँगै ६० किलोमिटरको एक्सट्रिम अल्ट्रा र हाफ म्याराथन पनि आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो। फुल म्याराथन ५ हजार ४ सय मिटर उचाइ रहेको एभरेस्ट बेसक्याम्पबाट सुरु भई ३ हजार ४ सय उचाइ रहेको नाम्चे बजारमा आएर टुङ्गिनेछ। फुल म्याराथनको पुरुषतर्फको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रोले ७५ हजार प्राप्त गर्नेछन्। यस्तै म्याराथनमै महिला स्पर्धामा पहिलो हुनेले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पाउनेछन् भने विदेशी स्पर्धामा पहिलो हुनेले ५० हजार, दोस्रोेले ३५ र तेस्रो हुनेले २५ हजार प्राप्त गर्ने आयोजकले जानकारी दियो।

यसै गरी अल्ट्रातर्फ विजेताले १ लाख, दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार पाउनेछन्। हाफ म्याराथनतर्फको विजेताले ५० हजार, दोस्रोले ३५ हजार र तेस्रोले २५ हजार पाउनेछन्। विश्वको अग्लो उचाइमा हुन लागेको म्याराथनमा नेपालसहित ३१ देशबाट धावकहरूले सहभागिता जनाउनेछन्। जसमा अमेरिकाबाट २५, क्यानडाबाट १६ खेलाडीको टुङ्गो लागिसकेको छ।

फुल म्याराथनमा १ सय २५, हाफ म्याराथनमा १२ र अल्ट्रा दौडमा १७ खेलाडीले दौडने आयोजक पत्रकार सम्मेलनमा जानकारी दियो। मुख्य सहभागीको रूपमा नेपालको लागि बेलायती राजदूत रिचर्ड मोरिसले समेत म्याराथनमा प्रतिस्पर्धा गर्ने विक्रमकाजी पाँडेले जानकारी दिए।

म्याराथनमा  बेलायतका २२ वर्षीय क्रिस्टोफर जर्ज ज्याक्सन सबैभन्दा कम उमेर र क्यानडाका ६७ वर्षिय लिओनार्ड डुगलास स्टानमोर सबैभन्दा धेरै उमेरका धावक हुनेछन्। म्याराथन ८ बजेर ८ मिनेट, ४८ सेकेन्डमा सुरु हुनेछ।

प्रकाशित: ३ जेष्ठ २०७६ ००:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App