९ आश्विन २०८१ बुधबार
image/svg+xml

महानगरपालिकाका वडाहरुमा छड्के

चालु आर्थिक वर्षको अन्तिम महिना आउन लाग्दा वीरगन्ज महानगरपालिकाका वडाहरुमा कार्यान्वयन भइरहेको योजनाको नगर कार्यपायिलकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार भुसाल नेतृत्वको टोलीले मंगलबार छड्के अनुगमन गरेको छ । टोलीले महानगरपालिका वडा नम्बर २८, ३०, ३१ र ३२ मा अनुगमन गरेको हो।

इशनाथ नगरपालिकाका मेयर र अधिकृतविरुद्ध उजुरी

रौतहटको इशनाथ नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै मेयर र कार्यकारी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । स्थानीय बासिन्दा तथा जनप्रतिनिधिहरुले छानविन र कारवाहीको माग गर्दै उजुरी गरेका हुन्।

गढीमाइ नगरपालिकाका वडा अध्यक्षको निधन

मस्तिस्क घात भएर रौतहटका एक वडा अध्यक्षको निधन भएको छ । गढीमाई नगरपालिका वडा नम्बर २ का अध्यक्ष जोगिदास तत्माको शनिबार मस्तिीस्क घात भएर ज्यान गएको हो ।

महानगरपालिकाका भित्री भागमा आगलागीकाे जोखिम

महानगरपालिकाका भित्री भागका धेरै टोल आगलागीको जोखिममा छन् ।नगरका भित्री भागमा दमकल जान सक्ने बाटो छैन । चैत–वैशाखमा आगलागीका घटना बढी हुने गरेको छ।

डेनमार्कमा एनअारएन चुनाबः नगरपालिकाका जस्ता वाचा

गैर अवासीय नेपाली संघ डेनमार्कको चौथो महाधिवेशन यही आगामी ११ सेप्टेम्वर २०१७ सोमवार डेनमार्कको राजधानी कोपेनहेगनमा हुँदैछ। बिगतमा जस्तै यसपटक पनि नेतृत्व छान्नेबाहेक यस अधिबेशनको उपलब्धि नदेखेका कोपेनहेगनबासी नेपालीको मिश्रित प्रतिक्रया सामाजिक संजालमा छताछुल्ल भइरहेका छन्। बिगतका नेतृत्वभन्दा फरक र पारदर्शी ढंगले कामगर्ने जस्ता घोषणापत्र पनि सामाजिक संजालमा छ्यापछ्यापती आइरहेका छन्।

नगरपालिकाका उम्मेद्वारको  घरमा बम विस्फोट

तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ।

मेयर र अधिकृतको लडार्इंले नगरपालिकाकाे कामकाज ठप्प

खाँडाचक्र नगरपालिकामा स्थानीय तहको निर्वाचनमा आएको कार्यालय व्यवस्थापन बजेट दुरुपयोग भएको विषयमा भएको विवाद अझै कायमै रहेको छ । मेयर र कार्यकारीकाको विवादले नगरको कामकाज ठप्प भएको छ । उनिहरूको एक अर्काको आरोप प्रत्यारोपले विवाद सेलाउनुभन्दा पनि पनि झनै हंगामा मंचिएको देखिन्छ ।

भक्तपुर नगरपालिकाका ५२ पदमा पुरै नेमकिपा, मेयर बने सुनिल प्रजापती

निकटम प्रतिद्धन्दीलाई चार गुणा भन्दा वढी फराकिलो मत अन्तरका साथ भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टीका सुनिल प्रजापति विजयी भएका छन्।

४ महानगरपालिकाका उपमेयरको यस्तो छ मतपरिणाम

स्थानीय तह पहिलो चरणको मत गणना जारी भइरहँदा काठमाडौंको उपमेयरमा नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले अग्रता लिएकी छिन्।

काठमाडौं र ललितपुर महानगरपालिकाका मतपेटिका गणनास्थल पुर्‍याइदै

स्थानीय तहको पहिलो चरणको मतदान सम्पन्न भएलगत्तै उपत्यकाका दुई महानगरका मतपेटिका सभागृह र स्टाफ कलेज लगिएको छ।

महानगरपालिकाका सडक लक्ष्मीपूजाबाट झिलिमिली

काठमाडौं महानगरपालिकाको सबै वडाका सडक लक्ष्मीपूजाको दिनदेखि झिलिमिली हुने भएको छ। महानगरले ल्याएको 'जनसहभागितामा आधारित सडकबत्ती कार्यक्रम' अन्तर्गत महानगरका सडकमा सौर्य ऊर्जा जडान गरिएपछि सहर झिलिमिली हुने भएको हो।

नगरपालिकाका कर्मचारी भारत घुमघाममा, सेवाग्राही मार्कामा

बरियारपुरमा रहेको महागढीमाई नगरपालिकाका प्रमुखदेखि अधिकांश कर्मचारी कार्यालयको कामकाजलाई छोडी भारत घुम्न निस्किएका छन्। दशैं बिदापछि कार्यालय खुलेको पाँच दिनसम्म नगरपालिकाका कर्मचारी कार्यालयमा नभेटिएपछि सेवाग्रहीको गुनासोमा जिल्ला प्रशासन कार्यालय बाराले बुधबार छडके जाँच गर्दा अधिकांश कर्मचारी भारत घुम्न गएका थाहा भएको हो।

वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृतमाथि हातपात

वीरगंज उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत विष्णुप्रसाद कोइरालामाथि हातपात भएको छ। उपनगरपालिकाका कर्मचारीले कार्यलयमा कार्यरत अधिकृत रामदयाल यादवले कोइरालाको कार्यकक्षमा प्रवेश गरी हातपात गरेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्