१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

विराटनगर महानगरपालिकाका प्रमुखबाट दण्डवत् प्रणामको यात्रा सुरु

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली छठ पूजाका लागि सिंघिया खोलामा रहेको पूजा स्थल (घाट)सम्म दण्ड प्रमाण गरेर जाँदै। तस्बिरः चुमन बस्नेत/नागरिक

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली छठ पूजाका लागि सिंघिया खोलामा रहेको पूजा स्थाल (घाट)सम्म दण्डप्रमाणका लागि गएका छन्। उनको १८ औं पटक दण्डप्रमाणको यात्रा हो ।

विराटनगर महानगरपालिकाको पोखरियास्थित ठूलो मिलको दुर्गा मन्दिरबाट आज बिहान ११ः२७ बजे यात्रा शुभारम्भ गर्दै छठीमाताले विश्वमा फैलिएको कोरोनाको महामारीलाई अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन्। विगत छ वर्षदेखि भतिज पराजुलीले पनि सोही यात्रामा साथ दिँदै घाटसम्म पुग्ने गरेका छन्।

परोपकार घाटसम्म पुगेर सूर्यमाताको अघ्र्य दिन तीन किमी ५०० मिटर दूरी पार गर्न करिब पाँच घण्टा लाग्ने र यसैको माध्यमबाट विराटनगरवासीलगायत मानव जातिको कल्याण हुने आफ्नो अटुट विश्वास रहेको प्रमुख पराजुलीकाे भनाइ छ।  

प्रकाशित: २४ कार्तिक २०७८ ०८:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App