२२ असार २०८१ शनिबार
image/svg+xml
कला

हिन्दी गीत ‘शिद्दत’मा नेपाली मोडल

बलिउडका गायक कुमार सानु र गायिका रानी शाक्यले गाएको हिन्दी गीत ‘शिद्दत’ मा नेपाली मोडलले अभिनय गरेका छन्।

आइतबार रानी शाक्यको युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा नेपाली मोडलद्धय अभिषेक खड्का र कुसुम शर्माले अभिनय गरेका  छन्। निशिला शाक्यले लेखेको यस गीतलाई नील शाक्यले सङ्गीत दिएका हुन।

रामजी लामिछानेको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा मानकृष्ण महर्जनको छायाङ्कन र बन्दे प्रसादको सम्पादन छ। पंचम स्टुडियो मुम्बईमा रेकडिङ गरिएको यस गीतको रेकर्डिस्टमा फिरोज बज्राचार्य रहेका छन् । 

आइतबार सार्वजनिक भएको उक्त म्युजिक भिडियोलाई  ५ लाख ४२ हजार भन्दा बढिले हेरेका छन् भने १ हजार भन्दा बढिले प्रतिक्रिया समेत व्यक्त गरेका छन्।

प्रकाशित: १९ असार २०८१ १५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App