असार २२ गते शनिबारका लागि तोकिएको नेपाल पत्रकार महासंघको निर्वाचन स्थगित भएको छ।
महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार अबेर सूचना जारी गर्दै निर्वाचन स्थगित भएको जानकारी दिएको छ । निर्वाचनको मिति पनि नतोकेको हुनाले निर्वाचन अनिश्चित भएको छ।सदस्यता विवादले महासंघको निर्वाचन प्रक्रिया स्थगित हुँदै आएको थियो।
![](https://images.nagariknewscdn.com/third-party/1720194214_FNJ.jpg)
प्रकाशित: २१ असार २०८१ २१:३० शुक्रबार