२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सम्पदा पुनर्निर्माणको काम छुटेको भए जानकारी गराउनुस्: मेयर शाक्य

काठमाडौं महानगरपालिकाले महानगरपालिका भित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन अपिल गरेको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरुको पुनर्निर्माणको काम भईसकेको दावी गर्दै कहीँ छुटेको भए जानकारी गराउन महानगरबासीलाई अपिल गरेका हुन्।

शनिबार काठमाडौंको क्षेत्रपाटीमा निर्माण गरिएको धर्मकीर्ति विहारको विस्तारित भवनको उद्घाटन पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले काठमाडौं महानगरपालिका बाहिरका सम्पदाहरुको पुनर्निर्माणमा पनि काठमाडौं महानगरपालिकाले सहयोग गरेको बताए।

उनले चुनावमा आफूहरुले गरेको प्रतिवद्धता अनुसार नै सम्पदाहरुको पुनर्निर्माणको कामले गति लिएको दावी समेत गरे। महानगरपालिकाले पूरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउने गरी स्पष्ट नीति लिएको र सोही अनुसार काम भइरहेको मेयर शाक्यको भनाई थियो।

मेयर शाक्यले काठमाडौं महानगरपालिकाले नगर टू नगर साझेदारी कार्यक्रम अन्तरगत अन्य नगरपालिकाहरुको सम्पदा निर्माणमा पनि सहयोग गरिरहेको बताए

प्रकाशित: २१ फाल्गुन २०७८ १३:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App