१२ मंसिर २०८१ बुधबार
image/svg+xml

दाहालविरुद्ध कांग्रेस असन्तुष्ट पक्षले उम्मेदवारी दिने

सत्ता गठबन्धनबाट चितवन ३ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन लड्ने लगभग निश्चितजस्तै छ। कांग्रेस केन्द्रीय नेतृत्वले सबै क्षेत्रमा पार्टीका नेतालाई उम्मेदवार नबनाए असन्तुष्ट पक्षले उम्मेदवारी दिने तयारी गरेको छ।

अव्यवस्थित होर्डिङ बोर्ड हटाउँदै शङ्खरापुर नगरपालिका

शङ्खरापुर नगरपालिकाले नगरभित्रका अव्यवस्थित होर्डिङ बोर्ड लगायतका प्रचार सामग्री हटाउन थालेको छ।

विद्यालय हिडेका तीन बालक बेपत्ता

बुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन्। बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन्।

वडा सदस्यमा पराजित झा प्रदेशसभामा सिफारिस

गएको स्थानीय चुनावको परिणाम अनुसार धनुषामा कमजोर देखिएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनमा पराजित भएकाहरुलाई समेत प्रतिनिधि र प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारको रुपमा सिफारिस गरेका छन्।

कोरियन बार्बी क्यु रेष्टुरेन्ट सुरु

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कोरियन बार्बीक्यु रेष्टुरेन्ट उद्घाटन गरेका छन्।

शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द हुनुपर्छ: बालेन

जुनसुकै काम ठेक्कामार्फत गराउनुपर्ने कानुनी व्यवस्थाले राज्य कमजोर र व्यक्ति बलियो हुँदै गइरहेको छ।

दुर्गम गाउँमा बैंकिङ सेवा सुरु

तिलागुफा नगरपालिका–९ चिल्खायाका लालसिंह खत्री गाउँमै बैंकिङ सेवा पाउँदा ढुक्क छन्। ‘पहिला सामाजिक सुरक्षा भत्तादेखि हरेक आर्थिक कारोबार गर्न गाल्जे धाउनु पथ्र्यो।

बालेनका बयानहरू

पछिल्लो समय मेयर साह बयानमा भन्दा बढी काममा केन्द्रित छन्। साहलाई राम्रोसँग थाहा छ– हरेकपटक हाजिरजवाफ ठीक नहुन पनि सक्छ।

नेकपा समाजवादीका अध्यक्ष बस्नेत घर तोडफोड

'करिब आठ जनाको समूह आएका थिए तर घरभित्र भने तीन जनामात्रै आएका थिए, कान्छो छोरा आडम मसँगै थियो, एक जनाले हातमा पेस्तोल लिएको थियो, त्यसले सिधैँ हामी सुत्ने कोठामा आएर मेरो पेस्तोल कन्चटमा राखेर डर, त्रास र धम्की दियो, अरुले अन्य कोठामा खोजी गरे। तर उहाँलाई देखेनन्, मेरो जेठो छोरा आदेशसँगैको कोठामा सुतेको थियो, उ उठेर आएपछि एक जनाले उसलाई समाउन खोज्यो, अर्कोले त्यो होइन छाडिदे भने पछि गालामा हान्यो र ढोका तोडफोड गरेर फर्किए।'

डेंगु रोग नियन्त्रणका लागि र्‍याली

र्‍याली भक्तपुर स्काउट भवनबाट सुरु भइ दरवारस्कायर, चोछे, भोलाछेँ, सूर्यमढी , तचपाल, इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, तेखाचो, ईटाछेँ हुँदै पुनः दरवारस्कायरमै विसर्जन भएको थियो।

दुधौलीलाई स्मार्ट सिटी बनाउँछौंः नगरप्रमुख अधिकारी

पाँच वर्षमा खेतीयोग्य जमिन र बसोबास योग्य क्षेत्रलाई छुट्याउँदै व्यवस्थित भु-उपयोग नीति अवलम्बन गरेर दुधौलीलाई स्मार्ट सिटी बनाउने मेरो योजना छ। त्यसमा नदी नियन्त्रण खेल मैदान पार्क लगायतका पूर्वधारका कामहरु हुने नै भए। धार्मिक र पर्यटकिय क्षेत्रलाई संरक्षण गर्दै जानेछौं। पूर्वधारमा विशेष गरी दुधौलीलाई रिङ रोडको अवधारणा ल्याएका छौं। मदनभण्डारी राजमार्ग पनि यही नगरपालिका भएर गएकाले विकासको आधार धेरै देखिन्छ।

बाणगंगा नदीमा नदीजन्य पदार्थको चोरी निकासी बढ्यो, सेटिङमा काम भइरहेको स्थानीयको आरोप

'राती १२ बजे पछि खोला छेउछाउका बस्तीमा बसि नसक्नु छ। रातभर ठूल्ठूलो आवाजमा ट्याक्टरले ढुङ्गा, गिट्टी र बालुवा ओसार्दा सुत्नै पाइएको छैन।' महासचिव अर्यालले भने। 'रातभर नदीजन्य पदार्थको चोरी भएको बारे सबैले थाहा पाए पनि नियमनकारी निकायको भूमिका शून्य छ।'

अवैध संरचना हटाइएपछि खुल्ला र सुन्दर देखिदै पशुपतिनाथ क्षेत्र

काठमाडौँ महानगरपालिकाले शुक्रबार बिहानदेखि पशुपतिनाथ क्षेत्रका अवैध संरचना हटाउन सुरु गरेपछि अहिले यहाँ सुन्दर र खुल्ला देखिएको छ। जथाभाबी रुपमा बनाइएका अबैध संरचना र बाटोभरी राखिएका पसल हटाइएपछि अहिले पशुपतिनाथ क्षेत्र सुन्दर र खुल्ला भएको हो।

'अवैध संरचना कुनै पनि बाँकी राखिने छैन'

'महानगरको सबै स्थानमा अनुगमन गरी गैरकानुनी संरचना भत्काउने र नागरिक आवतजावत गर्ने बाटोमा सञ्चालन भइरहेका सबै पसल हटाउनुपर्छ।'

आयोजनामा २ अर्ब १६ करोड सकियो, धरानको खानेपानी समस्या उस्तै

मेयर साम्पाङले आयोजनाको काम र भएको खर्चबारे प्रश्न उठेकोले चाँडै छानविन गर्ने बताएका छन्। उनले भने, ‘आयोजना असफल भयो भन्ने मलाई लाग्छ। तर परामर्शदाताले पानी उत्पादन भएको छ, वितरणमा समस्या हो भन्छ। के भएको हो, त्यो पनि हेछौं। २ अर्ब पैसा सकियो तर पानीको समस्या उस्तै छ। खर्च भएको हिसाब कति जायज हो, त्यसबारे पनि छानविन हुन्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्