२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अव्यवस्थित होर्डिङ बोर्ड हटाउँदै शङ्खरापुर नगरपालिका

शङ्खरापुर नगरपालिकाले नगरभित्रका अव्यवस्थित होर्डिङ बोर्ड लगायतका प्रचार सामग्री हटाउन थालेको छ।  

नगरलाई सफा र व्यवस्थित बनाउने उद्देश्यले अभियान नै सुरु गरेर अव्यवस्थित होर्डिङ बोर्ड, पोष्टर, झण्डा, व्यानर लगायतका सामग्री हटाउन सुरु गरेको नगर प्रहरी प्रमुख आङ्काजी शेर्पाले जानकारी दिए।  

नगरपालिकाले इन्द्रायणी बजारबाट बिजुलीका खम्बा र सार्वजनिक स्थानमा नगरको सुन्दरतालाई नै कुरुप पार्नेगरी राखिएका त्यस्ता प्रचार सामग्री हटाउन सुरु गरेको शेर्पाले जानकारी दिए।  

नगरपालिकाले वडा नं ९ देखि सुरु गरेर वडा नं १ सम्मका त्यस्ता सामग्री हटाउने अभियान थालेको हो। प्रचारका नाममा नगरपालिकालाई नै कुरुप पार्नेगरी जथाभावी राखिएका त्यस्ता प्रचार सामग्री नगरप्रमुख रमेश नापितको निर्देशनमा हटाउन थालिएको हो। रासस  

प्रकाशित: २६ भाद्र २०७९ ०७:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App