ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले कोरियन बार्बीक्यु रेष्टुरेन्ट उद्घाटन गरेका छन्।
कोरियन संस्कृति र मौलिकतालाई नजिकबाट झल्काउने गरी कोरियन पोशाक, चित्रकलासहित आकर्षक सजावटमा कोरियन खानासहित कोरियन बार्बी क्यु रेष्टुरेन्ट सञ्चालन गरिएको हो। लामो समय कोरियामा कार्यरत रेष्टुरेन्ट सञ्चालक प्रेम गुरुङले नेपालमा पनि कोरियन खानाको स्वाद पस्किन रेष्टुरेन्ट स्थापना गरिएको बताए।
उनले कोरियन खानाको स्वादका पारखीहरू बढिरहेको हुँदा कोरियाको झल्को दिने, त्यहाँको संस्कृतिलाई नेपाली सामु चिनाउने लक्ष्यका साथ यो रेष्टुरेन्ट खोलिएको बताए।
रेष्टुरेन्टले ग्राहकको चाहनालाई विचार गरी सन्तुष्टि प्रदान गर्ने सवालमा खानाको गुणस्तरलाई प्राथमिकतामा राखेको गुरूङले बताए। साथै उनले बजारमा सञ्चालन भइरहेका कोरियन रेष्टुरेन्टहरू भन्दा आफ्नो रेष्टुरेन्टमा खाना र सेवा भिन्न तथा गुणस्तरीय रहेको दाबी गरे।
प्रकाशित: २६ भाद्र २०७९ ०२:५३ आइतबार