१२ मंसिर २०८१ बुधबार
image/svg+xml

भक्तपुर पुगेर बालेनले भनेः शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहेको व्यापारीकरण बन्द गर्नुपर्छ

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले भक्तपुरको मौलिकता, सम्पदा जगेर्ना र सरसफाईबाट आफू निकै प्रभावित भएको बताउँदै ठेक्कापट्टाबाट हुने सम्पदा निर्माण र विकास निर्माणका गतिविधिहरुको नियमित अनुगमन हुनुपर्ने धारणा राखे।

कपिलवस्तुमा आत्महत्याको डरलाग्दो रुपः एक वर्षमा १ सय ६९ जनाद्वारा देहत्याग

‘विदेशबाट फर्केर आएका श्रीमानले त्यो कुरा थाहा पाए पछि गाह्रो परेर कैयौँ महिलाले आत्महत्या गरेको भेटिएको छ,’ उनले भने ‘पहिला यस्तो कारणले आत्महत्या गरेको नभेटिए पनि अहिले यस्तो देखिनु चिन्ताको विषय छ।’

मोहना नदीमा एक किशोरीको शव फेला

घरबाट स्कुल जान्छु भनेर हिँडेकी शर्मा गत सोमबारबाट बेपत्ता भएकी थिइन्। बेपत्ता शर्माको खोजीका लागि आफन्तले प्रहरीलाई जानकारी गराएपछि उनको खोजीका लागि प्रहरी टोली खटिएको थियो।

बागलुङकाे एक स्वास्थ्यचौकी भवन पहिराको जोखिममा

बागलुङ नगरपालिका–९ स्थित तित्याङ स्वास्थ्यचौकी पहिराको उच्च जोखिममा छ। भवन निर्माण गर्नुपूर्व उपयुक्त ठाउँ छनोट नहुँदा लाखौँ रुपैयाँको लागतमा निर्माण भएको उक्त स्वास्थ्यचौकी भवन पहिराको जोखिममा परेको हो

बहाल कर बुझाउन सेना र नेपाल प्रहरीका निकायलाई महानगरको पत्र

मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा महानगरपालिकाले नेपाल आर्मी, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई आफ्ना क्षेत्रभित्र बहालमा लगाइ बहाल आम्दानी गरेको देखिएकाले त्यसवापतको बहाल कर बुझाउन पत्रमार्फत् आग्रह गरेको हो।

टेबलटेनिस प्रतियोगितामा ललितपुरलाई स्वर्ण

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा उक्त प्रतियोगिताको महिला एकलमा सङ्खुवासभा वडा ४ की वियंका राई र ललितपुर– १२ की इभाना थापामगर फाइनलमा प्रवेश गरे। वियंकाले गोदावरी १ की सतिश्मा थापालाई ११–३, ११–२ र ११–१ तथा इभानाले गोदावरी– १ कै प्रणिका कुँवरलाई ११–८, ११–६ र ११–९ को सोझो सेटमा हराए।

पोखरा महानगरले हटायो पुराना संरचना

‘पृथ्वीचोकको भवनमा भुइँ तलामा सूचना केन्द्र हुन्छ, बीचको तलामा पुस्तकालय रहनेछ। त्यो भन्दा माथि आर्ट ग्यालरी हुन्छ र त्यो भन्दा माथि घण्टाघर हुन्छ। त्यो भवन नबन्दासम्म पुस्तकालय र आर्ट ग्यालरीलाई अर्को स्थानमा व्यवस्थापन गर्ने योजना बनाएका छौं,’

महराजगंज साक्षर नगर घोषणा

नगरपालिकामा रहेको १५ देखि ६० बर्ष उमेर समुहका ९६ दशमलव १५ प्रतिशत साक्षर भएपछि नगरलाई साक्षर नगरपालिका घोषणा गरिएको हो।

बस्ती नै बग्ने गरी पहिरो

'घर कटेरो भत्केपछि सबै छाडेर हिँड्नुपरेको छ', स्थानीय ढालनाथ शर्माले भने, 'छिमेकीका घरपनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन्।'

नरेशको कृषि मोह: विदेश त्यागेर खेतीपातीमा

कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लागे।

बालेनले सर्वोच्चमा तोकिएको म्यादभित्रै बुझाए लिखित जवाफ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बालेन नामबाट चलाइरहेको बालेन नामक भेरिफाइड फेसबुक पेज मार्फत् 'नक्सा पास नगरी बनाइएका संरचनाहरुलाई कारबाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान नै संशोधन गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं।'

देवाही गोनाही नगरपालिकामा करिब दश लाखको औषधि स्टोरमै खराब

लाखौँको औषधि उपयोगमा नआएर खेर जाँदा जिल्लामा देवाही गोनाही नगरपालिकाको आलोचना भएको छ। औषधिको म्याद गुज्रिएको सम्बन्धमा नगर प्रमुख प्रेमलाल साहसित सम्पर्क गर्दा स्वास्थ्य शाखाको लापरवाहीले लाखौँ मूल्यको औषधि म्याद गुज्रिएको अवस्थामा फेला परेको बताएका छन्।

ऐन विपरीत वनको जग्गामा साबुन उद्योग स्थापना गर्ने धरान उपमहानगरको प्रयास

मेयर साम्पाङ भने धरानलाई आत्मनिर्भर र समृद्ध बनाउन उत्पादनमुखी काम गर्न खोज्दा वन कार्यालय र उपभोक्ता समूहले वाधा गरेको भन्दै असन्तुष्ट छन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजबाट असन्तुष्टी पोखिरहेका छन्।

महानगरले थाल्यो बजार अनुगमन

विराटनगरमा प्राय दशैं र तिहारको मुखमा बजार अनुगमन हुने गरेको छ। बजार अनुगमन महानगरपालिकाकी उपप्रमुखको नेतृत्वमा हुने गरेको र अनुगमन गर्दा खाद्यान्न पसल मात्रै गर्ने गरिएको छ।

वीरगञ्जमा अतिक्रमण गरेर बनाइएका संरचना हटाइँदै

पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्