२२ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

टेबलटेनिस प्रतियोगितामा ललितपुरलाई स्वर्ण

ललितपुर महानगरपालिका वडा ८ ले दोस्रो पूर्णशङ्कर श्रेष्ठ राष्ट्रव्यापी अन्तर वडा टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा आज स्वर्ण जितेको छ। स्पिन इभेन्ट्स प्रालीको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा वडा ८ ले ललितपुर वडा १६ लाई ३–२ ले पराजित गर्‍यो।

विजयी टिमबाट रुविन महर्जन र विपुल महर्जनले प्रतिस्पर्धा गरेका थिए। हिजो भएको खेलमा महिला टिम इभेन्टतर्फ गोदावरी नगरपालिका वडा १ पहिलो भएको थियो। काठमाडौँ महानगरपालिका वडा २५ र भक्तपुर नगरापलिका वडा ५ तेस्रो भए।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा उक्त प्रतियोगिताको महिला एकलमा सङ्खुवासभा वडा ४ की वियंका राई र ललितपुर– १२ की इभाना थापामगर फाइनलमा प्रवेश गरे। वियंकाले गोदावरी १ की सतिश्मा थापालाई ११–३, ११–२ र ११–१ तथा इभानाले गोदावरी– १ कै प्रणिका कुँवरलाई ११–८, ११–६ र ११–९ को सोझो सेटमा हराए।

पुरुष सिङ्गल्समा लमजुङ १९ का विनेश खनियाँ र ललितपुर १६ का संयोग कपालीले फाइनलमा स्थान सुरक्षित गरे। विनेशले काठमाडौँ २५ का अमरलाल मल्ललाई १०–१२, ११–४, १०–१२, ११–८, १०–१२, ११–४ र ११–९ तथा संयोगले नरहरिनाथ गाउँपालिका वडा २५ का हिमाल विष्टलाई ११–९, ११–६, ११–५ र ११–८ को सेटमा पाखा लगाए। रासस

प्रकाशित: २३ भाद्र २०७९ १२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App