७ वैशाख २०८१ शुक्रबार
समाज

डेंगु रोग नियन्त्रणका लागि र्‍याली

हाल महामारीको रुपमा फैलिरहेको डेंगु रोग नियन्त्रणका लागि नेपाल स्काउट बागमती प्रदेश, भक्तपुर नगरपालिका, स्थानीय स्काउट समितिको आयोजनामा शनिबार सचेतना र्‍याली निकालिएको छ।

र्‍यालीमा स्थानीय स्काउट पदाधिकारी, प्रदेश, स्काउट लिडरहरु, राष्ट्रिय प्रशिक्षकहरु, रोभर, रेञ्जरहरुका साथै भक्तपुर नगरभित्रका दुई सय ९० जना स्काउट छात्रछात्राहरुको सहभागीता रहेको जनाइएको छ।

र्‍याली भक्तपुर स्काउट भवनबाट सुरु भइ दरवारस्कायर, चोछे, भोलाछेँ, सूर्यमढी , तचपाल, इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, तेखाचो, ईटाछेँ हुँदै पुनः दरवारस्कायरमै विसर्जन भएको थियो।

र्‍यालीमा जिल्ला जनस्वास्थ्य कार्यालयबाट उपलब्ध गरिएको डेंगु रोगबाट बच्न गर्नुपर्ने उपाय उपचारबारेमा उल्लेखित पर्चाहरु सर्वसाधारणलाई वितरण गरिएको थियो।

प्रकाशित: २५ भाद्र २०७९ १४:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App