१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

लायन्स क्लव र महानगरको सहकार्यमा ‘कोभिड अस्पताल’ तयार

कोरोनाको दोस्रो लहरसँगै शुरु गरिएको महानगरको कोभिड अस्पताल तयार भएको छ । तीनसातामा पोखरा महानगरपालिकाको तदारुकता र लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ को आवश्यक स्वास्थ्य सामाग्री सहयोगमा अस्पताल तयार भएको हो ।

धादिङमा जेठ २२ गतेसम्म निषेधाज्ञा

धादिङ जिल्लामा जारी निषेधाज्ञा आगामी जेठ २२ गतेसम्मका लागि थपिएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले आगामी जेठ २२ गते राती १२ बजेसम्मका लागि निशेधाज्ञा थपेको हो ।

अमेरिका र चीनबाट एक करोड डोज खोप ल्याइने

विभिन्न मित्रराष्ट्रसँग कोभिड–१९ विरुद्धको खोप सहयोग तथा खरिदका लागि माग गरिरहेकोमा अमेरिका र चीनबाट छिटो खोप प्राप्त हुने क्रममा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममार्फत परराष्ट्र तथा विदेश मामिलामन्त्री प्रदीप ज्ञवालीले यस्तो जानकारी दिएका हुन्।

कोरोनाको सामना : हटेर होइन डटेर

‘संक्रमितको घर जानु हुन्न, संक्रमितको नजिक जान हुन्न, भेटेर बोल्न हुन्न’ भन्ने त्रास पनि छ। हाल संक्रमितले थलिएको अवस्थामा छरछिमेकको साथ पाउने अवस्था छैन, मृत्यु भएमा अहिले कसैले मलामी पाउनेवाला छैन।

उद्योगीलाई सुटुक्क खोप, स्थानीयले थाहा पाएपछि स्वास्थ्यकर्मी र उद्योगीको भागाभाग

प्रदेश १ का विपक्षी दलहरूले प्रदेश सरकारले पहुँचका आधारमा सुकुक्क आसेपासे र ठूला उद्योगी व्यवसायीलाई खोप दिएको आरोप लगाइरहेका बेला शुक्रबार विराटनगरस्थित सिटी सिनेमा हलमा खोप लगाउने गरेको पुष्टि भएको हो।

वर्ल्डभिजनबाट २५ लाख बढीको कोभिड स्वास्थ्य सामग्री प्रदान

विश्वव्यापी कोभिड भेरियन्ट महामारीको उपचार तथा रोकथामका लागि वर्ल्डभिजन इन्टरनेशनलले २५ लाख बढीको अक्सिजन सिलिण्डरसहित बिभिन्न स्वास्थ्य सामग्री बुधबार डिसिसिएमसी उदयपुरलाई सहयोग गरेको छ।

उदयपुरमा फेरि थपिए ७८ संक्रमित, जेठ २१ सम्म निषेधाज्ञा

जिल्लामा संक्रमितमध्ये १४ महिलासहित ३१ जना रहेका छन्। योसहित निको हुनेको संख्या उदयपुरमा २ सय ८ पुगेको छ। निको हुनेमा त्रियुगामा ३२ महिलासहित ९३ जना छन् भने चौदण्डीगढीमा २१ महिलासहित ४७ जना छन्।

भेरी अस्पताल प्रकरणः स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेविरुद्ध किटानी जाहेरी

भेरी अस्पतालको कोभिड वार्डमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ब्यक्तिविरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ ।

महामारीमा सहकारी संस्थाहरुको भूमिका प्रष्ट पार्न माग

सहकारी विभागको तथ्यांक अनुसार नेपालमा २९ हजार आठ सय ८६ वटा सहकारी संघसंस्था र ७३ लाख भन्दा बढी सदस्य सहकारीमा आवद्ध छन्, तर कोरोना रोकथाम तथा नियन्त्रणमा उनीहरुलाई भूमिकाविहीन बनाइएको छ, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेड भक्तपुरका अध्यक्ष कृष्णगोविन्द लाखाद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएका छ ।

कोभिड अस्पताल बनायौं, अक्सिजन प्लान्ट स्थापना गर्दैछौं : मेयर सुवेदी

राजधानीको नगरपालिका भएका कारणले हामीले छुट्टै कोभिड अस्पताल सञ्चालनमा ल्याएका छौं । नगर कोडिभ नियन्त्रण व्यवस्थापन समितिमार्फत निःशुल्क एम्बुलेन्स, विरामीलाई खाना, औषधिको व्यवस्थापनका साथै कोरोना संक्रमण भएर मृत्यु भएकाहरुको व्यवस्थापनको काम पनि हामीले गरिरहेका छौं ।

जुम्लाका स्थानीयतहमा अक्सिजनसहितको कोभिड अस्पताल

जुम्लाको एक नगरपालिका बाहेक ७ वटा गाउँपालिकामा अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा आएका छन्।

प्रधानमन्त्रीको निर्देशनः जुनसुकै देशबाट भए पनि प्रभावकारी खोप ल्याऊ

प्रधानमन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै देशबाट भए पनि प्रमाणित, प्रभावकारी र ढुवानी सहज गर्न सकिने खोपका लागि पहल गर्न सम्बन्धित मन्त्रालय र केन्द्रका प्रमुखलाई विशेष निर्देशन दिएका छन्।

कोभिड–१९ बाट निधन भएका टाटाका कर्मचारीका परिवारजनलाई नियमित तलब

टाटा स्टील कम्पनीले भारतमा कोभिड–१९ का कारण निधन भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ।

संक्रमण जितेका युवालाई फूलमाला र अविरसहित बिदाई

उपचारका लागि याम्खास्थित अस्थायी कोभिड अस्पतालमा राखिएका राईको मंगलबार गरिएको एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि गाउँपालिका अध्यक्ष भूपेन्द्र राई, डा. प्रमोद चौधरी, स्वास्थ्यकर्मी लगायतले फूलमाला र अबिर लगाएर बिदाइ गरेका हुन्।

कोभिड-१९ संकट व्यवस्थापन अध्यादेशः आदेश उल्लंघन गरेमा १ लाखसम्म जरिवाना

सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ ले आदेश उल्लघंन गरेमा प्रमुख जिल्ला अधिकारीलाई कैद र जरिवाना दुबै सजाय गर्न पाउने अधिकार दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्