८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

लायन्स क्लव र महानगरको सहकार्यमा ‘कोभिड अस्पताल’ तयार

कोरोनाको दोस्रो लहरसँगै शुरु गरिएको महानगरको कोभिड अस्पताल तयार भएको छ । तीनसातामा पोखरा महानगरपालिकाको तदारुकता र लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ को आवश्यक स्वास्थ्य सामाग्री सहयोगमा अस्पताल तयार भएको हो । अस्पतालमा दुईदिनभित्रमा कोरोना विरामी राखेर उपचार शुरु गरिने महानगरले जनाएको छ । कोरोना विरामी उपचारमा संलग्न कर्मचारी बस्ने कक्षको व्यवस्था हुदैंछ ।  

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका निरिक्षक फुलदेव तिमिल्सिनाका अनुसार तत्कालै ५१ बेड तयार भईसकेको छ । ‘५१ बेड तयार भईसकेको छ । अबको साता पूर्ण रुपमा सञ्चालनमा आउने छ,’ उनले भने, ‘सबै बेडमा अक्सिजन पाईपिङ भईसकेको छ । प्राविधिक रुपमा तयार भएपछि विरामीको उपचार सेवा शुरु हुन्छ ।’  

पोखरा–२७ वडा कार्यालयलाई महानगरपालिकाले तीनसाता अघि मात्रै कोभिड अस्पताल(युनिट) सञ्चालन गर्ने निर्णयसँगै काम शुरु गरेको थियो । बेड तथा आईसियु लगायतका सामान लायन्स क्लब अफ इन्टरनेशनल ३२५ बी १ ले सहयोग स्वरुप हस्तान्तरण गरिसकेको छ । ‘अक्सिजनको पाईपिङ भईसकेको छ । प्राविधिक पक्षबाट फाईनल हुदैं छ,’ उनको भनाई थियो । अस्पतालको १०० बेडमै अक्सिजन पाईप विस्तार गरिएको छ ।  

‘१०० बेडलाई २० अक्सिजन सिलिण्डर जडान गरिएको छ,’ उनले थपे, ‘चारवटा सिलिण्डर भने रिजर्भ रहन्छ ।’ चार सिलिण्डरलाई अत्यावश्यक अवस्थामा मात्रै प्रयोग गर्न सकिने गरी राखिएको उनले बताए । । साविक लेखनाथ नगरपालिकाको ३६ रोपनी क्षेत्रफलको उक्त जग्गामा महानगरले यसअघि महानगर अस्पताल र विशिष्टीकृत बाल अस्पताल बनाउने गरी निर्णय गरेको थियो । अस्पतालको लागि अक्सिजन पाईपिङ गर्न महानगरपालिकाले २५ लाख रुपैयाँ छुट्टाउँदै एकहप्ते सार्वजनिक सुचना निकाल्दै काम टुंग्याएको हो ।  

लायन्स क्लब ३२५ बी १ का पूर्व गर्भनर धनराज आचार्यले कोभिड युनिटको लागि ५० बेड (१० बेड मिनि आईसियुको लागि), नौ वटा अक्सिजन कन्सन्टे«टरसहित सामान उपलब्ध गराईसकिए जनाए । पाँच भेन्टिलेटर र हाईफ्लो अक्सिजन मेशिन केही दिनभित्रै आईपुग्ने उनले जानकारी दिए । ‘भेन्टिलेटर र हाईफ्लो अक्सिजन मेशिन आउँदै छ,’ उनले भने । लायन्स क्लब अफ इन्टरनेशनलको आपतकालिन कार्यक्रम अन्तर्गत सामान आएका हुन्  कोभिड युनिट अस्पताल महानगरपालिकाको शिशुवा अस्पताल अन्तर्गत रहने छ । कोभिडपछिको अवस्थामा उक्त कोभिड युनिटलाई जनरल अस्पतालमा रुपान्तरण गरिने छ ।  

प्रकाशित: १५ जेष्ठ २०७८ ११:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App