६ आश्विन २०८१ आइतबार
image/svg+xml

उपत्यकामा ७३ प्रतिशतले पाए पूर्ण खोप

काठमाडौं उपत्यकामा ७३ प्रतिशत जनसंख्याले पूर्ण मात्रा र ७६ प्रतिशतले पहिलो मात्रा खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोभिड प्रभावितलाई सहयोग

दसैँको मुखैमा खाद्यान्न सहयोग पाएपछि कोभिड प्रभावित नागरिक निकै खुसी थिए। आगामी दिनमा नगरपालिकासँग समन्वय गरेर राहत उपलब्ध गराउन आग्रह गरेका थिए।

प्रदेश १ मा २५३ जनामा कोरोना संक्रमण

१ हजार २ सय ८९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ९२ र ५ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३२७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २७ जनामा कोरोना संक्रमण भएको छ। १ हजार १ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा २ सय २६ र ३ सय ५४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थप १ हजार २८२ जनामा कोरोना संक्रमण, सातको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८१ जनाको पिसिआर र ३ हजार ४०७ एन्टिजेन परीक्षण गर्दा १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।

राजदूतहरूलाई स्वागत गर्दै पोखरा

कोरोना संक्रमणका कारण बन्द रहेको पर्यटन क्षेत्र अब सुरक्षित रहेको सन्देश दिन नेपालस्थित विभिन्न देशका कूटनीतिक निकायका उच्च पदाधिकारीलाई पोखरा र आसपास क्षेत्र भ्रमण गराइने भएको छ। पर्यटन प्रवर्द्धनका लागि कूटनीतिक निकायका पदाधिकारीको एक समूहलाई पोखरा घुम्न निम्त्याइएको हो। उनीहरू आइतबार आउँदैछन्।

कोरोना संक्रमणदर ८.९ प्रतिशत

पिसिआर र एन्टिजेन दुवै परीक्षणबाट पनि ८.१ प्रतिशतमा कोरोना संक्रमणदर देखिएको छ। थप संक्रमितसहित नेपालमा कुल संक्रमित संख्या ८ लाख ७८ हजार ६ सय ७६ पुगेको छ।

थप १ हजार २३९ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण : भेरी अस्पतालमा एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ बाँकेका ५७ वर्षीय पुरुष रहेका छन्।

प्रदेश १ मा ३७३ जनामा कोरोना संक्रमण

१ हजार ३ सय २१ जनाको पिसिआर परीक्षण गर्दा २ सय ८१ र ३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोरोना संक्रमणबाट मृत्यु हुने दैनिक घट्दै

गत २४ घन्ठटामा दुवै थरिका नमुना गरी १३ हजार ८ सय १७ वटा नमुना परीक्षण भएकोमा १ हजार ९५ जनामा कोरोना पुष्टि भएको थियो भने १० हजार ७ सय ८६ वटा पिसिआर परीक्षण भएकोमा ९ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो।

पुरानै लयमा फर्किंदै जुम्ला

कोरोना संक्रमणबाट जुम्ला पनि अछुतो रहेन। कोरोनाको पहिलो लहरमा जुम्ला निकै सुरक्षित थियो। चीनको वुहान प्रान्तमा कोरोना संक्रमण देखिएको बेला जुम्लामा उच्च सावधानी अपनाउन थालिएको थियो।

७.३ प्रतिशतमा झर्‍यो संक्रमणदर

यो दर गत शुक्रबार ११ प्रतिशतभन्दा बढी थियो। तीन दिनको अन्तरालमा संक्रमणदर करिब ४ प्रतिशत घटेको हो। कोरोना नियन्त्रणका लागि ४ देखि ५ प्रतिशत संक्रमदर घट्नुपर्ने अनि मात्र कोरोना संक्रमण नियन्त्रणतिर उन्मुख हुने विज्ञहरू बताउँछन्।

कोरोनाबाट ११ हजारभन्दा बढीको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बिहीबार ११ हजार बढी पुगेको छ। गत चौबिस घण्टामा थप ११ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनको कारण मृत्यु हुनेको संख्या ११ हजार दुई पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्