coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

७.३ प्रतिशतमा झर्‍यो संक्रमणदर

आइतबार नेपालमा कोरोना संक्रमणदर ७.३ प्रतिशतमा झरेको छ। एन्टिजेन र पिसिआर विधिबाट परीक्षण भएका १० हजार १३ वटा नमुनामध्येमा ७ सय ३४ जनामा कोरोना पुष्टि भएको हो। 

यो दर गत शुक्रबार ११ प्रतिशतभन्दा बढी थियो। तीन दिनको अन्तरालमा संक्रमणदर करिब ४ प्रतिशत घटेको हो। कोरोना नियन्त्रणका लागि ४ देखि ५ प्रतिशत संक्रमदर घट्नुपर्ने अनि मात्र कोरोना संक्रमण नियन्त्रणतिर उन्मुख हुने विज्ञहरू बताउँछन्।

थपिएका सहित नेपालमा कुल संक्रमितको संख्या ८ लाख ७३ हजार ५ सय ३४ पुगेको छ। तीमध्ये २४ हजार ३ सय १३ सक्रिय संक्रमित छन्। २२ हजार ८ सय ६४ जना होम आइसोलेसन र १४ सय ४९ जनाको संस्थागत आइसोलेसनमा उपचाररत छन्। गम्भीर समस्या भएका ३ सय ९० जनाको आइसियुमा उपचार भइरहेको छ। 

आइतबार सार्वजनिक गरिएको तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा नेपालमा कोरोनाको कारण थप १२ जनाको मृत्यु भएको छ। तीसहित नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ४० पुगेको छ। सोही अवधिमा काठमाडौं उपत्यकामा २ सय ५५ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित: ४ आश्विन २०७८ ००:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App