८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

कोरोना संक्रमण : भेरी अस्पतालमा एक पुरुषको मृत्यु

कोरोना संक्रमणबाट नेपालगन्जस्थित भेरी अस्पतालमा थप एक जना पुरुषको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बैजनाथ गाउँपालिका वडा नम्बर ४ बाँकेका ५७ वर्षीय पुरुष रहेका छन्।

गत भदौं ५ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परीक्षण गराउँदा उनलाई कोरोना पुष्टि भएको थियो । सोही दिन भेरी अस्पतालमा भर्ना भएका उनको एक महिनासम्म उपचार थालिएको थियो।

स्वास्थ्यमा कुनै सुधार नआएपछि आज(बिहीबार)बिहान ४ बजेतिर मृत्यु भएको फोकल पर्सन ओलीले बताए। योसँगै कोरोना संक्रमणबाट बाँकेका ३ सय ३३ जना र बाहिरी जिल्लाबाट उपचारका लागि आएका ४ सय १५ जनाको मृत्यु भएको छ।

प्रकाशित: ७ आश्विन २०७८ ०२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App