२ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

शहीदहरूको सपना समतामूलक समाज थियो: तनुजा पाण्डे

जेन–जी अभियान्ता तनुजा पाण्डेले परिवर्तन र न्यायका लागि आफ्नो प्राणको आहुति दिने वीर मुटुहरूकै कारण आज देशले स्वतन्त्र रूपमा श्वास फेर्न पाएको बताएकी छन्। 

उनले इतिहासका हरेक कालखण्डमा र भदौमा भएको जेन जी विद्रोहका क्रममा शहादत प्राप्त गरेका सम्पूर्ण शहीदहरूको साझा सपना समुन्नत र समतामूलक समाज निर्माण नै रहेको बताएकि छिन्। 

पाण्डेले सामाजिक सञ्जालमा लेख्दै अमर आत्माहरूको वीरता सबैका लागि प्रेरणाको स्रोत बन्नुपर्ने र नेतृत्व परिवर्तन वा व्यवस्था प्राप्तिको नाममा अब  कसैले  ज्यान गुमाउन नहुने बताएकि छिन्। शहीदको रगतले देशको माटोमा अब शान्ति, स्थिरता र समृद्धिको मजबुत जग बसालिनु आवश्यक रहेको भन्दै  उनले शहीदहरूको सपना केवल स्मृतिमा सीमित नरही अबको सुदृढ नेपालमा व्यवहारिक रूपमा लागु हुनपर्ने बताएकि हुन्।  

प्रकाशित: १६ माघ २०८२ ११:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App