४ वैशाख २०८१ मंगलबार
समाज

प्रदेश १ मा ३२७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २७ जनामा कोरोना संक्रमण भएको छ। १ हजार १ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा २ सय २६ र ३ सय ५४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ८५, मोरङमा ८०, सुनसरीमा ५०, इलाम, धनकुटा र संखुवासभामा २–२, पाँचथर, ताप्लेजुङ, भोजपुर, तेहृथुम र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको हो। झापाको विर्तामोडमा २२, मेचीनगरमा १२, दमक र बुद्धशान्तिमा ९–९, अर्जुनधारामा ७, शिवसताक्षी र कनकाईमा ६–६, भद्रपुरमा ४, कमल गाउँपालिकामा ३, गौरादह र हल्दिबारीमा २–२, कचनकवल , बाहृदशी र झापा गाउँपालिकामा १–१ जनामा संक्रमण देखिएको छ।

मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा १३, बेलबारीमा ९, बुढीगंगामा ६, सुनबर्षी र उर्लाबारीमा ३–३, कटहरीमा २, कानेपोखरी, पथरीशनिश्चरे र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ। सुनसरीको इटहरीमा ३७, धरानमा ७, दुहवीमा ३, रामधुनी, बराहक्षेत्र र इनरुवामा १–१, इलामको इलाम नगरपालिका, धनकुटाको पाख्रिबास र संखुवासभाको धर्मदेवीमा २–२, पाँचथरको स्थानीय तह नखुलेका, ताप्लेजुङको श्रीजंगा, भोजपुरको भोजपुर नगरपालिका, तेहृथुमको फेदाप र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा सोमबार २ सय ४० जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय २६ महिला र १ सय १४  पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: ११ आश्विन २०७८ १२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App